२०८३, ३ आश्विन आईतबार

मन्त्री बाँस्कोटा इथियोपिया प्रस्थान

मन्त्री बाँस्कोटा इथियोपिया प्रस्थान


काठमाडौँ, १७ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा विश्व हुलाक सङ्घको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज साँझ इथियोपिया प्रस्थान गर्नुभयो ।

सङ्घद्वारा इथियोपियाको अद्दिस अबाबामा आयोजना हुने अन्तर्राष्ट्रिय हुलाकसम्बन्धी सम्मेलन सोमबारदेखि शुक्रबारसम्म चल्ने छ । उक्त सम्मेलनमा सङ्घको सदस्य राष्ट्रका रुपमा नेपालको मन्त्रिस्तरीय प्रतिनिधित्व हुन लागेको मन्त्रालयले जनाएको छ ।

सङ्घको कार्यप्रणाली, हुलाक सेवामा विकसित पछिल्लो प्रविधि लगायतका विषयमा सम्मेलनमा महत्वपूर्ण छलफल हुने र सम्मेलनलाई मन्त्री बाँस्कोटाले सम्वोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १७ भाद्र आईतबार  १० : १८ बजे

सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? 

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई

एमाले कार्यदल बैठक लम्बियो, सचिवालय बैठक ३ बजे सर्‍यो

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका