२०८३, २२ आश्विन शुक्रबार

अन्तर्राष्ट्रिय साक्षरता दिवस शुरु

अन्तर्राष्ट्रिय साक्षरता दिवस शुरु


भक्तपुर, १७ भदौ: ‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’ भन्ने नाराका साथ सरकारले यस वर्ष अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन शुरु गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शिक्षा विभाग) सानोठिमीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका महानिर्देशक बाबुराम पौडेलले देशमा अझै पनि दुई दशमलब आठ प्रतिशत बालबालिका शिक्षाबाट वञ्चित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अझै पनि २.८ प्रतिशत अर्थात् तीन लाख १२ हजार बालबालिकाले स्कूलको ढोका देख्नै नपाई शिक्षाको अवसरबाट वञ्चित हुँदै निरक्षरको सूचीमा रहन्छन् ।” उहाँले तल्लो तहबाट निरक्षर जन्मने पद्धतिलाई रोक्नुपर्ने बताउँदै यस वर्ष नौवटा जिल्ला पूर्ण साक्षरता जिल्ला घोषणा गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

महानिर्देशक पौडेलले शिक्षा स्थानीय सरकारमा गइसकेकाले अर्को वर्षदेखि साक्षरताका सबै कार्यक्रम पनि स्थानीय सरकारमै जाने भएकाले स्थानीय सरकारले यसको सबै काम गर्नुपर्ने बताउनुभयो । यसका लागि बजेटसमेत पठाउन शुरु गरेको बताउँदै उहाँले स्थानीय तहबाटै साक्षरता सुनिश्चित स्थानीय तह घोषणा गर्न र सघाउन स्थानीय सरकारलाई आग्रह गर्नुभयो । पत्रकार सम्मेलनमा उहाँले आगामी २३ गतेसम्म साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरेर दिवस मनाउन शुरु गरिएको बताउनुभयो । ३९औँ राष्ट्रिय शिक्षा दिवस तथा ५२आँै अन्तर्राष्ट्रिय साक्षरता दिवस मूल समारोह समितिले विभिन्न आठवटा समिति तथा उपसमिति बनाएर कार्यक्रम शुरु गरेको केन्द्रका निर्देशक नारायणकाजी कासिछ्वाले जानकारी दिनुभयो ।

दिवसका अवसरमा रेडियो नेपाल र नेपाल टेलिभिजनमा परिसंवाद कार्यक्रम सञ्चालन गर्ने, साक्षरतासम्बन्धी वृत्तचित्र प्रदर्शनी गर्ने, साक्षरता विशेषाङ्क प्रकाशन एवं विमोचन गर्ने, सडक नाटक प्रदर्शन गर्ने, झाँकी तथा ¥याली प्रदर्शन गर्ने, सरसफाइ र वृक्षारोपन गर्ने, स्टल प्रदर्शनी गर्ने कार्यक्रम गर्ने भएको छ । अनौपचारिक शिक्षासम्बन्धी मोबाइल एप्सको शुभारम्भ, यसको डिजिटल सिडी वितरण गर्ने, साक्षरता जिल्ला घोषणा गर्न योगदान दिनेको नामावली सार्वजनिक गर्ने, समकक्षता सम्बन्धमा अन्तरक्रिया गर्ने र सामुदायिक सिकाइ केन्द्रमा सीप विकास तालीम शुरु गर्ने जनाइएको छ । त्यस्तै उपत्यकाव्यापी दौड प्रतियोगिता गर्ने, शीतल निवासमा नेपाल विद्याभूषण पदक वितरण गर्ने, पाँच लाखको पुरस्कार वितरण एवं सांस्कृतिक कार्यक्रम गर्ने, असहाय, विपन्न, सडक बालबालिका, अपाङ्ग, एचआइभी पीडितका लागि सञ्चालित सङ्घसंस्थाका लागि पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम गरिनेछ ।
-रासस

प्रकाशित मिति : २०७५, १७ भाद्र आईतबार  ९ : ११ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य