२०८२, ७ भाद्र आईतबार

सिन्धुपाल्चोकको साँधीखोलाको अस्थायी बाटो पुन : अवरुद्ध

सिन्धुपाल्चोकको साँधीखोलाको अस्थायी बाटो पुन : अवरुद्ध


चौतारा, १७ भदौ अविरल वर्षासँगै शनिबार राति आएको बाढी र पहिरोले सिन्धुपाल्चोकको बाह्रबीसे बजारस्थित साँधीखोलामा बनाइएको अस्थायी बाटो पुनः अवरुद्ध भएको छ । गत भदौ २ गतेको बाढीसँगै आएको पहिरोले अरनिको राजमार्गको बाह्रबीसे र खोर्सानीबारी बजार जोड्ने ११ मिटर लामो पक्की पुल बगाएपछि अस्थायीरुपमा ह्यूमपाइप राखी डाइभर्सन बनाई यातायात सञ्चालन गरिएको थियो ।

बाढीको लेदो माटो बगाएर ल्याउँदा डाइभर्सन पुरिएर सडकमा आएपछि स्काभेटरले थुनिएको खोल्साको लेदो हटाइएको इलाका प्रहरी कार्यालय बाह्रबीसेले जानकारी दिएको छ । अवरुद्ध सडक खुलाउन समय लाग्ने हुँदा तातोपानीसम्मको आवतजावतमा कठिनाइ भएको छ । जुरेमा पनि दैनिक लेदो माटो बगेर सडक अवरुद्ध हुने गरेको प्रहरीले जनाएको छ ।

दुई साताअघि नै अविरल वर्षासँगैको साँधीखोलामा आएको बाढीले कटान गरेपछि सो वडाका १५ घर परिवार विस्थापित भएका छन् भने अन्य २५ घर उच्च जोखिममा परेको सो वडाका सदस्य शेखरकुमार खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५, १७ भाद्र आईतबार  ७ : २४ बजे

पाभेल कुमार शाहलाई ‘अन्तर्राष्ट्रिय आइकन अवार्ड २०२५’, मार्सल आर्टमा समर्पणको उच्च सम्मान

काठमाडौं । नेपाल केम्पो खुकुरी फेडेरेसनका अध्यक्ष पाभेल कुमार शाहलाई

सुटकेशभित्र महिलाको शव फेला, रौतहटमा एक सातामै तेस्रो शव भेटियो

रौतहट । रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालवा मोड नजिक सुटकेशभित्र

लिपुलेक प्रकरणमा भारत–चीन सम्झौता अस्वीकार्य : प्रवासी नेपाली मञ्चको कडा आपत्ति

काठमाडौँ । भारत र चीनबीच लिपुलेक मार्ग प्रयोग गरी व्यापार