२०८२, १६ मंसिर मंगलबार

बनेपामा मात्रै पुजिए ८ हजार कन्या

बनेपामा मात्रै पुजिए ८ हजार कन्या


काभ्रेको ऐतिहासिक धार्मिक स्थल बनेपामा कृष्णजमष्टमीको दिन आज ८ हजार कन्याको पूजा गरिएको छ । वि.स १९५९ बाट सुरु भएको मानिने कन्यापूजालाई यो वर्षपनि निरन्तरता दिइएको सनातन कन्यापूजा प्रवन्ध समितिका सचिव सुरकृष्ण बैद्यले जानकारी दिए । उनका अनुसार बनेपामा मात्रै ८ हजार कन्याको पूजा गरिएको छ । ‘यो सस्कृति जोगाउने मात्रै होइन्, उनले भने ‘आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।’

कृष्णजन्म अष्टमीका दिन नेवारी समुदायका बेलसँग विवाह नगरेका र अन्य समुदायका रजस्वला नभएका कन्याको पूजा गरिने प्रचलन रहेको छ । सुरुका समयमा बनेपाको लायकु, चण्डेश्वरी, चारदोबाटो, तीनदोबाटो लगायतका स्थानहरुमा भेला भएका नेवारी कन्याहरुको मात्रै श्रद्धाभक्ति पूर्वक पूजाआजा गरिन्थ्यो । तर केहि वर्ष यता काभ्रेका मात्रै होइन सिन्धुपाल्चोक, भक्तपुर, दोलखा लगायत छिमेकी जिल्लाका अन्य समुदायका समेत कन्याको पूजा गरिदै आएको छ ।

बनेपा बाहेक पनौती, नाला, चौकोट, खड्पु, जनालगाल, साँगा लगायतका स्थानमा समेत हजारौँ कन्याको पूजा गरिएको सनातन कन्यापूजा प्रवन्ध समितिका सचिव सुरकृष्ण बैद्यले जानकारी बताए । पूजापछि कन्याहरुलाई घरमै बनाइएको नेवारी परिकार स्वारी, मालपुवा, जेरी, सेल प्रसादका रुपमा दिने परम्परा रहेको छ । महिला समुदायको सम्मानसँग समेत जोडेर हेरिएको कन्या पूजालाई जोगाउन र ब्यवस्थित बनाउन आवश्यक रहेको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : २०७५, १७ भाद्र आईतबार  ६ : ३६ बजे

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी

आज फलफूल तथा तरकारीको मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस विश्वव्यापी रूपमा मनाइँदै

काठमाडौं । आज, २ डिसेम्बर, अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस विश्वभर