२०८३, १५ आश्विन शुक्रबार

आज काभ्रेको बनेपामा कन्या पूजा गरिदैँ

आज काभ्रेको बनेपामा कन्या पूजा गरिदैँ


बनेपामा सदियौँ वर्षदेखि गरिदैँ आएको कन्यापूजा यो वर्ष आजपनि गरिदैँ छ । भाद्र शुक्ल पञ्चमी र श्रीकृष्ण जन्मअष्टमी गरी बनेपाका तल्लो र माथिल्लो टोलका नेवार समुदायले छुुट्टा–छुट्टै तिथीमा नगरका विभिन्न भागमा भेला भएका कन्याहरुको पूजा गर्ने गर्छन् ।

वि.स १९५९ बाट सुरु भएको मानिने कन्यापूजामा भर्खर जन्मेको शिशु देखी ८ वर्षसम्मका कन्या मात्रै सहभागि हुन पाउँछन् । बनेपामा रहेको चण्डेश्वरी मन्दिरसँग आस्था राखेर कन्याहरुको पूजा हुदैँ आएको जानकारहरु बताउँछन् । कन्यापुजा गर्नाले कन्याहरुको स्वास्थ लाभ हुने र आफ्नो मन शान्त हुने धार्मिक विश्वास छ ।

नेवारी समुदायमा बेलसँग विवाह गर्नु भन्दा अगाडी कन्या मानिन्छ । सुरुका समयमा बनेपाको लायकु, चण्डेश्वरी, चारदोबाटो, तीनदोबाटो लगायतका स्थानहरुमा भेला भएका नेवारी कन्याहरुको मात्रै श्रद्धाभक्ति पूर्वक पूजाआजा गरी गरिन्थ्यो । तर केहि वर्ष यता काभ्रेका मात्रै होइन सिन्धुपाल्चोक, भक्तपुर, दोलखा लगायत छिमेकी जिल्लाका अन्य समुदायका समेत कन्याहरु आउने गर्छन् ।

नेवारी समुदायको संस्कृति र परम्परा बोकेको कन्या पूजाप्रति धेरै युवाहरुको चासो घट्दै गएको देखिन्छ । पूजापछि कन्याहरुलाई घरमै बनाइएको नेवारी परिकार स्वारी, मालपुवा, जेरी, सेल प्रसादका रुपमा दिने परम्परा रहेको छ । महिला समुदायको सम्मानसँग जोडिएर हेरिएको कन्या पूजालाई जोगाई राख्न सबैले चोसो दिनुपर्ने सरोकारवालाहरुको भनाइ छ ।

प्रकाशित मिति : २०७५, १७ भाद्र आईतबार  १० : ०२ बजे

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ३५ सय प्रहरी, ड्रोन र स्निफर डग परिचालन

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं प्रहरीले

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ

काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र