२०८३, १५ आश्विन शुक्रबार

भगवान श्रीकृष्णको जन्म कसरी  भएको थियो ?

भगवान श्रीकृष्णको जन्म कसरी  भएको थियो ?


द्वापर युगमा जव पृथ्वीमा मानवरुपी राक्षसको अत्याचार बढ्न थाल्यो तव पृथ्वी दुखी भएर भगवान विष्णुको शरणमा पुगिन् । भगवान विष्णुले पृथ्वीको दुःख देखेर तत्काल आफूले कृष्ण अवतार लिने र दुष्टहरुको नाश गर्ने बचन दिनु भयो ।

द्वापर युगको अन्त्यमा हाल भारतमा पर्ने मथुरा भन्ने राज्यमा उग्रसेन नामका राजा राज्य गर्थे । उग्रसेनका पुत्र थिए कंस । कंसले आफ्ना पितालाई बन्दी बनाएर राज्यसत्ताको बागडोर आफ्नो हातमा लिएका थिए । कंसकी बहिनी देवकीको विवाह यादव कुलका बासुदेवसँग हुने तय भएको थियो । तर जव कंस देवकीलाई विदा गर्न जाँदै थियो त्यति नै बेला आकाशवाणी भयो ।

आकाशवाणीमा देवकीको आठौं सन्तानले कंसको बध गर्ने भन्ने सुनेपछी कंस जंगियो । मन मनै डराएको कंसले देवकी र बासुदेवलाई पनि जेल हाल्यो । देवकीले जन्माएका सबै सन्तान कंसले मार्न थाल्यो । देवकीले आठौं सन्तानकोरुपमा भगवान श्री कृष्णलाई जन्म दिइन् । तर भगवानको मायावी जादुले यसको जानकारी कसैलाई पनि भएन । बासुदेवले कृष्णलाई गोकुलका नन्दवावा र यसोधाको काखमा छोडेर उनकी छोरी आफ्नो साथमा लिएर कारागारमा फर्किए ।

कंसले जव देवकीको सन्तान ठानेर ती कन्याको हत्या गर्न खोज्यो त्यति नै बेला ती कन्या उडेर आकाशमा गइन् र कंसलाई मार्ने बालक गोकुलमा हुर्किरहेको चेतावनी दिइन् । कृष्णले बाल्यकाल देखि नै एक पछि अर्को गर्दै कंसका सहयोग राक्षसहरुको बध गर्दै गए । अन्त्यमा कंसको समेत बध गरेर उग्रसेनलाई सिंसानमा राखे । भगवान कृष्णले महाभारतको युद्धमा पाण्डवको साथ दिए र अधर्मको नाश गरी युथिष्ठिरलाई सिंहासनमा बसाए ।

यसरी संसारको दुःख हरण गरेपछि कृष्ण लिला समाप्त भयो । भगवान श्री कृष्णले १६ हजार गोपिनीसँग १६ हजाररुप धारण गरेर गरेको लिला अदभुत मानिन्छ । श्रीकृष्णलाई महापुरुष र अरुको मनको कुरा थाहा पाउने पुरुष अन्तरयामी समेत भनिन्थ्यो ।

 

प्रकाशित मिति : २०७५, १७ भाद्र आईतबार  ७ : २३ बजे

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ३५ सय प्रहरी, ड्रोन र स्निफर डग परिचालन

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं प्रहरीले

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ

काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र