२०८२, २९ पुस मंगलबार

तपाईले कसरी सफल पाउने सफलताको शुत्र हेर्नुहोस

तपाईले कसरी सफल पाउने सफलताको शुत्र हेर्नुहोस


सफलता शव्द हरेक मानिस आफ्नो जीवनमा अनुभव गर्न चाहन्छ । सफलताको चाहनामा मानिसले के गर्दैन र ? समयभन्दा चाढो कुदिरहेको यो विश्वमा आफ्नो जीवन सफल बनाउन मानिस लागिरहेका छन् । हरसम्भव प्रयासपछि पनि मासिनले सफलता पाउन सक्दैनन् ।

तपाईले सफलता पाउन के गर्ने पर्छ ?
यदी तपाई जीवनमा सफलता चाहनुहुन्छ भने सफल व्यक्ति बारेमा जन्ने प्रयाश गर्नुस् । किनकी हरेक सफल मानिसको जीवनमा एक तितो अनुभव र कठिन संघर्ष हुन्छ । जसका कारण उ सफल भएको हुन्छ । एउटा कुरा सधै यादमा राख्नुस् कि सफलता र असफलताको पछाडि तपाइैको इच्छाशक्तिको भूमिका हुन्छ । चाहनाले मात्र मानिस सफल हुँदैन त्यसका लागि तपाईले मिहेनत गर्नु पर्दछ ।सफता पाउनका लागि तपाईले केही काम नियमित गर्न आवश्यक छ ।
पढ्ने वानीको विकास कसरी गर्ने
विशेषज्ञका अनुसार धेरैजसो सफल मानिसले सुत्नुअघि पढ्नका लागि समय छुट्याउछन् । यो जरुरी छैनकी तपाई विषयसँग सम्बन्धित पुस्तक पढ्नुहोस् । तपाइले पे्ररणत्मक कहानी, व्लग्स साहित्या या समाचार भएपनि पढ्ने बानी विकास गर्नुस् ।
सकारात्मक सोचको विकास कसरी गर्ने
दिनभरको भागदौडपछि दिमागमा तनाव, थकान र नकारात्मक सोच हुनु सामान्य मानवीय प्रक्रिया हो । यदी तपाईले हरेक विषयलाई सकारात्मक रुपमा लिनुभयो भने तपाईलाई निन्द्रा राम्रोसँग लाग्ने छ भने तनाव कम हुन जानेछ ।दिनभर गरेका सकारात्मक काम बारे सोच्नुहोस् तपाईलाई आनन्द आउँछ ।
आफुले गर्ने कामको लिस्ट बनाउनुस्
बेलुका सुत्नुअघि तपाईले भोलिपल्ट गर्ने कामको लिस्ट बनाउनुस् । सवै कामको लिस्ट बनाउन गारो हुन्छ तर पनि कामको लिस्ट बनाउँदा तपाईको जीवन व्यवस्थित हुन जान्छ ।
परिवारलाई समय दिने
तपाईसँग जति पैसा, नाम र व्यस्तत भएपनि परिवारको लागि समय छैन भने त्यसले कुनै अर्थ राख्दैन । सफल व्यक्तिले अफ्नो सफलताको श्रेय परिवारलाई दिन्छ जसले गर्दा उसलाई आत्मसन्तुष्टि मिल्छ भने काममा परिवारका सदस्यहरुको सहयोग हुन्छ ।
सधै मादक पदार्थबाट पर बस्नुस्
सफलताका लागि मादक पदार्थहरु बाट टाढा बस्नुहोस् । यसले परिवारका साथै तपाईको काममा पनि असर गर्छ
ध्यान गर्नुस्
कयौं सफल व्यक्ति काममा जानु पूर्व थोरै अवधिका लागि भए पनि ध्यानमा बस्छन् । यसबाट तपाईका दिन र दिमाग चिन्ताबाट टाढा जानेछ ।

प्रकाशित मिति : २०७५, १६ भाद्र शनिबार  ७ : २२ बजे

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र