२०८३, १३ भाद्र आईतबार

सहकारी एकीकरण हुनुपर्छ : मन्त्री अर्याल

सहकारी एकीकरण हुनुपर्छ : मन्त्री अर्याल


बागलुङ, १६ भदौ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारी धेरै भएको भन्दै एकीकरणमा जानुपर्ने बताउनुभएको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १२औँैं साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले सहकारी थोरै तर प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । सबै सहकारीमा राज्यको समान दृष्टि पुगेन, सबैलाई अभिभावकत्व दिन सकिएन,’ उहाँले भन्नुभयो, “अब एकीकरणतर्फ जानुपर्छ ।’

उहाँले सरकारले एकीकरण अभियान चलाएपनि अपेक्षित रुपमा सहकारी एकीकरण नभएको बताउनुभयो । सो अवसरमा सहकारीका संस्थापक अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य मनकुमारी केसीले मन्त्री अर्याललाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । मन्त्री अर्यालले सहकारीले यो वर्षदेखि दिन शुरु गरेको ज्येष्ठ शेयर सदस्य ‘पेन्सन’ कार्यक्रमसमेत शुभारम्भ गर्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १६ भाद्र शनिबार  ६ : ५४ बजे

हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु पासाङल्हामुद्वारा बाढीपीडितलाई २२ लाख २२ हजार सहयोग

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले रसुवाको भोटेकोशी

बाढी प्रभावित क्षेत्रमा फिरिरीको १० लाखभन्दा बढीको राहत सहयोग

काठमाडौं । नेपाली युवाहरूले स्थापना गरेको डिजिटल कम्पनी फिरिरी भेन्चर्सले

शव व्यवस्थापनमा फ्रिजर र डीएनए किटको अभाव, अन्तर्राष्ट्रिय सहयोग माग्दै सरकार

काठमाडौं । भोटेकोशी बाढीपछि संकलित शवहरू कुहिन थालेपछि सुरक्षित व्यवस्थापन

संकटमा उद्धार, राहत र महिला संवेदनशीलता

विपद् आएपछि सबैभन्दा पहिले मानिसलाई खाना, पानी र बस्ने सुरक्षित

रसुवाको बाढीपहिरोबारे एमाले महासचिव पोखरेलले ओलीलाई बुझाए स्थलगत प्रतिवेदन

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले रसुवामा गएको बाढीपहिरोबाट भएको