२०८३, २५ आश्विन सोमबार

प्रचण्ड र देउवा लाई माेदीले किन भेटेनन् ?

प्रचण्ड र देउवा लाई माेदीले किन भेटेनन् ?


काठमाडौं, भदौ १६ : काठमाडौंमा आयोजना भएको चौथो विमस्टेक शिखर सम्मेनलमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटक नेपालका पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादवलगायतका शीर्ष नेताहरुसँग भेटवार्ता गरेनन् ।

यसअघि नेपालमै आयोजना भएको १८ औं सार्क शिखर सम्मेनलमा भाग लिन आउँदा मोदीले नेपालका विभिन्न शीर्ष राजनीतिक व्यक्तिहरुसँग भेटवार्ता गरेका थिए। तर, यसपटक भने उनले नेपालका नेताहरुसँग कुनै भेटवार्ता नै गरेनन् । हुन त, उनको यो सम्मेलनमा भाग लिन आउँदा नेपालका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको थिएन् ।

सम्मेलनको उद्धघाट्नकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको रात्रिभोजमा भने मोदीले नेपालका शीर्ष राजनीतिक व्यक्तिहरुसँग अनौपचारिक भेटवार्ता गरेका थिए । मोदीले विमस्टेक शिखर सम्मेलनमा आतंकवादविरुद्ध एकजुट भएर लड्ने उद्धघोष गरेका छन् । त्यस्तै, उनले भारतमा विमस्टेक सदस्य राष्ट्रलाई लक्षित गरेर बेअ अफ द बंगाल स्टडिज सेन्टर समेत स्थापना गर्ने घोषणा गरेका छन् । विमस्टेकका महिला सांसदहरुलाई जोड्न विशेष फोरम समेत गठन गर्ने घोषणा गरेका छन् ।
-नेपाल समाचारपत्र

प्रकाशित मिति : २०७५, १६ भाद्र शनिबार  ७ : ३६ बजे

सर्वोच्चका न्यायाधीश सिफारिसमा विवाद : मापदण्डभन्दा प्रधानन्यायाधीशको रोजाइ हाबी भएको आरोप

काठमाडौं । सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गर्ने न्याय

चार देशका प्रस्तावित राजदूतलाई एउटै प्रश्न : राष्ट्रिय स्वार्थ जोगाउने चुनौती

काठमाडौं । भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) पदमा

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका