२०८२, १६ मंसिर मंगलबार

पहिरोले बगाएर घर पुरियो, १० परिवार विस्थापित

पहिरोले बगाएर घर पुरियो, १० परिवार विस्थापित


जाजरकोट, १५ भदौ : जाजरकोटको नलगाड नगरपालिकामा आज आएको पहिरोले बगाएर एक घर पुरिएको छ । नलगाड नगरपालिका–६ गराग्लीमा गएको पहिरोले एक घर बगाउनुको साथै १० घर परिवार विस्थापित भएका छन् ।

कर्णबहादुर खड्काको चार कोठे घर, दुई कोठे भँैसी गोठ र बाख्राको खोरसमेत पहिरोले बगाएको बताइएको छ । खड्काको घरमा भएको खाद्य सामग्रीलगायत सम्पूर्ण सामान पहिरोले बगाएको छ ।

त्यसैगरी गराग्लीकै स्थानीय बासिन्दा दलबहादुर रावल, कृतिबहादुर रावल, नन्ने कामी र लालबहादुर खड्कालगायत १० घर परिवार विस्थापित भएका छन् । विस्थापित सबैलाई माथिल्लो गराग्लीमा राखिएको स्थानीय रणबहादुर खड्काले जानकारी दिनुभयो ।

भीषण वर्षापछि आएको बाढी पहिरोले बगाएर १०० हेक्टर बढी जमीनमा लगाइएको धानबाली नष्ट हुनुका साथै जमीननै झण्डै १० मिटर जति तल भाँसिएको छ । बाढी नरोकिएकाले खोलाले कटानसमेत गरेको खड्काले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १५ भाद्र शुक्रबार  ६ : ५९ बजे

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी

आज फलफूल तथा तरकारीको मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस विश्वव्यापी रूपमा मनाइँदै

काठमाडौं । आज, २ डिसेम्बर, अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस विश्वभर

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभाका विधायन व्यवस्थापन समितिको १४१ औं बैठक

मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई सर्वोच्च अदालतले