२०८२, ९ फाल्गुन शनिबार

चिकित्सकले आन्दोलन गर्न पर्दैन : उपप्रधानमन्त्री यादव

चिकित्सकले आन्दोलन गर्न पर्दैन : उपप्रधानमन्त्री यादव


चितवन, १५ भदौ : उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले चिकित्सकले आन्दोलन गर्नु नपर्ने बताउनु भएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको नवनिर्मित अन्तरङ्ग भवनको आज समुद्घाटन गर्दै मन्त्री यादवले चिकित्सकले अघि सारेको माग सरकारले पूरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँहरुले जे कुराका लागि आन्दोलन गर्दै हुनुहुन्छ त्यो मुलुकी (संहिता) ऐनलाई सरकारले संशोधन गर्दैछ । आन्दोलनको के अर्थ हुन्छ र ?” मानवीय कमी कमजोरीलाई हटाउँदै यसलाई अझै विज्ञ सेवा दिने गरी स्वास्थ्य संस्थाहरुलाई अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

चितवनस्थित क्यान्सर अस्पतालले दिँदै आएका सेवालाई अझै प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय मापदण्डको उपकरण अवश्यक भएको भन्दै उहाँले यस अस्पताललाई मुलुककै सबैभन्दा ठूलो, व्यवस्थित र राम्रो उपचार हुने अस्पतालका रुपमा विकास गर्न सरकार लागेको बताउनुभयो । मन्त्री यादवले चितवनलाई मेडिकल सेन्टरका रुपमा विकास गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “चितवनको भौगोलिक वातावरण र राजधानीसँगको निकटताका कारण मेडिकल सेन्टर बनाउन सकिन्छ ।”

क्यान्सर अस्पताल दक्ष र विज्ञ जनशक्ति उत्पादन गर्ने केन्द्रका रुपमा अघि बढाउने भन्दै उहाँले यसका लागि अस्पतालले आवश्यक प्रक्रिया शुरु गर्न व्यवस्थापनलाई निर्देशन दिनुभयो । सरकारले अहिले कम लागतमा चिकित्सक उत्पादन गर्ने बाटो खोजी रहेको भन्दै उहाँले यो भएमा आधारभूत स्वास्थ्य निःशुल्क गर्न सकिने बताउनुभयो । सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रभावकारीरुपमा सञ्चालन गर्न खोजेको उहाँको जिकिर थियो ।

उहाँले भन्नुभयो, “शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीति र भ्रष्टाचारको अन्त्य गरेर मुलुक बनाउनुपर्छ ।” अहिले शिक्षा र स्वास्थ्य क्षेत्रलाई दलहरुले भर्ती केन्द्रका रुपमा लिएकाले यस क्षेत्रले विकास गर्न नसकेको मन्त्री यादवको भनाइ छ । अस्पतालमा हाल भएका सेवाबारेमा अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले जानकारी गराउनु भएको थियो । २०० श्ययाको सो नयाँ भवनमा जडित उपकरणले क्यान्सरका बिरामीलाई थप सेवा दिन मद्दत पुग्नेछ ।

प्रकाशित मिति : २०७५, १५ भाद्र शुक्रबार  ६ : ३१ बजे

सप्तरीमा एमाले झण्डा र उम्मेदवारको तस्वीर जलाएको भिडियो सार्वजनिक

राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २, महदेवा गाउँपालिकाबाट प्रतिनिधिसभा सदस्य

नेकपाका २ दर्जन कार्यकर्ताले उठाए बिद्रोहको झण्डा, मनोजजंगलाई बिजयी गराउने उद्घोष

सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्यको निर्वाचन

रास्वपा सभापतिकै घरबाट तीन थान भरूबा बन्दुक बरामद

सिन्धुली । निर्वाचनको मिति नजिकिंदै गएका बेला सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र

देश जलाउनेले देश बनाउने पार्टीको झण्डा जलाए : एमाले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले बिहीबार राति नेकपा

झण्डा जलाउने रास्वपा कार्यकर्तालाई नेशनल भोलेन्टियर फोर्सको कडा चेतावनी

काठमाडौं। दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले नेकपा एमालेको