२०८३, २५ आश्विन सोमबार

विमस्टेकको मुख्य जोडः भारतसँग छुट्टै सम्झौता

विमस्टेकको मुख्य जोडः भारतसँग छुट्टै सम्झौता


काठमाडौं, भदौ १५ : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुमध्ये ४ जना भोलि (शुक्रबार) नै फर्कने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमार राष्ट्रपति विन मिन्ट र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा शुक्रबार नै भएका हुन् ।

भारतसँग छुट्टै सम्झौता
रिट्रिटको कार्यक्रमपछि शिखर सम्मेलनको घोषणापत्रमा सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुले हस्ताक्षर गर्नेछन् । उक्त हस्ताक्षर र घोषणापत्र जारीपछि नेपालका प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीको उपस्थितिमा द्विपक्षिय सम्झौताको तयारी छ ।

परराष्ट्र स्रोतका अनुसार रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको इन्जिनियरिङ अध्ययन सम्झौतामा हस्ताक्षर हुने छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसअघि घोषणा गरिएको बल्क कार्गोसम्बन्धी सम्झौतामा भने हस्ताक्षर नहुने भएको छ । तयारी अपुग भएका कारण उक्त सम्झौता नहुने परराष्ट्र स्रोतले जनाएको छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति : २०७५, १५ भाद्र शुक्रबार  ६ : ४८ बजे

सर्वोच्चका न्यायाधीश सिफारिसमा विवाद : मापदण्डभन्दा प्रधानन्यायाधीशको रोजाइ हाबी भएको आरोप

काठमाडौं । सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गर्ने न्याय

चार देशका प्रस्तावित राजदूतलाई एउटै प्रश्न : राष्ट्रिय स्वार्थ जोगाउने चुनौती

काठमाडौं । भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) पदमा

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका