२०८३, २५ आश्विन सोमबार

जनताको पक्षमा काम गर्नुहोस्ः महामन्त्री डा कोइराला

जनताको पक्षमा काम गर्नुहोस्ः महामन्त्री डा कोइराला


काठमाडौँ, १४ भदौ : नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले जनताको हितमा काम गर्न नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई आग्रह गर्नुभएको छ । काङ्ग्रेसबाट जितिएका नगरपालिकाका प्रमुख तथा उपप्रमुखको सम्मानमा आज साँझ दिनुभएको रात्रीभोजमा उहाँले भन्नुभयो, “तपाईहरुले गरेको कामको आधारमा पार्टी बलियो वा कमजोर हुन्छ, त्यसैले पार्टी बलियो हुने गरी जनअपेक्षाअनुसार काम गर्नुहोस् ।”

महामन्त्री कोइरालाले जनताले प्रत्यक्ष अनुभव हुने काम गरेमात्र काङ्ग्रेसप्रति जनताको विश्वास बढ्ने पनि बताउनुभयो । काङ्ग्रेसले मुलुकभर १९१ वटा नगरपालिका प्रमुख तथा उपप्रमुखमा जित हासिल गरेको थियो । सो अवसरमा काङ्ग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, प्रमुख सचेतक बालकृष्ण खाँडलगायत केन्द्रीय सदस्य, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसद, भ्रातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष तथा पदाधिकारीको सहभागिता थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १४ भाद्र बिहीबार  ९ : २८ बजे

सर्वोच्चका न्यायाधीश सिफारिसमा विवाद : मापदण्डभन्दा प्रधानन्यायाधीशको रोजाइ हाबी भएको आरोप

काठमाडौं । सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गर्ने न्याय

चार देशका प्रस्तावित राजदूतलाई एउटै प्रश्न : राष्ट्रिय स्वार्थ जोगाउने चुनौती

काठमाडौं । भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) पदमा

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका