२०८३, २५ आश्विन सोमबार

उत्तर कोरियाबारे ट्रम्पको ‘गैरजिम्मेवार तर्क’ चीन

उत्तर कोरियाबारे ट्रम्पको ‘गैरजिम्मेवार तर्क’ चीन


बेइजिङ, १४ भदौ  वासिङटनको उत्तर कोरियासँगको सम्बन्ध बेइजिङका कारण थप जटील बनेको भन्ने भनाईलाई लिएर चीनले बिहीबार अमेरिकी भनाइप्रति चासो व्यक्त गरेको छ ।

उत्तर कोरियासँगको सम्बन्धमा चीनका कारण थप जटिलता आएको भनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङमाथि लगाएको ‘गैरजिम्मेवार र बेतुकको तर्क’को आलोचना गरेको हो ।

आफ्नो शीतयुद्धकालीन सहयोगीमाथि दवाव दिने बिषयमा चीनले सहयोग नगरेको भन्दै अमेरिकी राष्ट्रपतिले उत्तरकोरियाबारे चीनप्रतिको धारणा दोहोराउनु भएको हो ।

ट्रम्पले यस पहिले विदेश मन्त्री माइक पोम्पेओको यसै साता हुने गरी तय भएको भ्रमण चीनको असहयोगका कारण रद्द भएको यस पहिले नै जनाउनुभएको थियो ।

सत्य, गैरजिम्मेवार र वेतुकको तर्कलाई बङ्ग्याउनु पहिले नै म जस्ता धेरै जनताले बुझेका छन् कि अमेरिका विश्वको पहिलो राष्ट्र हो, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले सञ्चारकर्मीहरूसँगको नियमित भेटमा बताउनुभयो ।

“यो तर्क सबैले सजिलै बुझ्न सक्दैनन्,” उहाँले भन्नुभयो ।

प्योङयाङसँगको वार्ताका बिषयमा प्रगति नभएका कारण ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ अनमाथि प्रत्यक्ष आलोचना नगरेर अरू पक्षलाई दोष थोपर्नु गलत भएको चीनको बुझाई रहेको छ ।

उहाँले थप्नुभयो, “हामी चाहान्छौ कि उत्तर कोरियासँगको वार्तालाई अघि बढाउने सम्बन्धमा चीनले जस्तै अमेरिकाले पनि सकारात्मक तथा रचनात्मक भूमिका खेल्नेछ । अमेरिकाले अरूलाई दोष दिनुभन्दा आफैलाई हेरोस् ।”

ह्वाइट हाउसमा बुधबार बोल्दै अमेरिकी राष्ट्रपतिले ट्रम्पले उत्तर कोरियासँग अमेरिकाको सम्बन्ध विस्तारमा चीनको कारण जटीलता थपिएको बताउनुभएको थियो ।

उत्तर कोरियासँगको सम्बन्धमा केही समस्या चीनसँगको ब्यापार विवादले ल्याएको ट्रम्पले बताउनुभएको थियो । यद्यपि ट्रम्पले सी चीन फिङसँगको सम्बन्ध भने ‘धेरै राम्रो’ भएको र उत्तर कोरियाली नेता किमसँगको सम्बन्ध ‘अनुपम’ रहेको बताउनुभएको थियो । ट्रम्प, र किमबीच गत जुनमा सिङ्गापुरमा भेट भएको थियो ।
–––

प्रकाशित मिति : २०७५, १४ भाद्र बिहीबार  ७ : ३२ बजे

सर्वोच्चका न्यायाधीश सिफारिसमा विवाद : मापदण्डभन्दा प्रधानन्यायाधीशको रोजाइ हाबी भएको आरोप

काठमाडौं । सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गर्ने न्याय

चार देशका प्रस्तावित राजदूतलाई एउटै प्रश्न : राष्ट्रिय स्वार्थ जोगाउने चुनौती

काठमाडौं । भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) पदमा

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका