२०८२, १५ माघ बिहीबार

आयोगका काम छिटो अगाडि बढ्नुपर्छ : मुख्यमन्त्री भट्ट

आयोगका काम छिटो अगाडि बढ्नुपर्छ : मुख्यमन्त्री भट्ट


कैलाली, १४ भदौ :प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बेपत्ता पारिएका व्यक्तिका सन्दर्भमा सत्य निरुपण तथा मेलमिलाप आयोगले छिटोभन्दा छिटो काम अगाडि बढाउनुपर्ने बताउनु भएको छ ।

‘बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस’ का अवसर पारेर आज धनगढीमा द्वन्द्वपीडित साझा चौतारी नेपालले बुझाएको ज्ञापन पत्र बुझ्नु हुँदै मुख्यमन्त्री भट्टले पीडित परिवारका राहतका लागि आयोगले कामको चाँडो निक्र्यौल गर्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री भट्टले द्वन्द्वपीडितको सहयोगका लागि प्रदेश सरकारले बनाउने कार्यक्रमका बारेमा छलफल चलाई राखेको बताउँदै त्यस्तो कार्यक्रम बनाउँदा द्वन्द्वपीडितसँग समन्वय तथा आवश्यक सल्लाह गरिने उल्लेख गर्नुभयो ।

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस (३० अगष्ट) का अवसरमा पीडितका परिवारले आफ्ना बेपत्ता सदस्यको सास वा लाशका बारेमा जानकारी पाउने अधिकार सुरक्षित गरियोस् भनी ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १४ भाद्र बिहीबार  ७ : २६ बजे

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम