२०८३, २ श्रावण आईतबार

आयोगका काम छिटो अगाडि बढ्नुपर्छ : मुख्यमन्त्री भट्ट

आयोगका काम छिटो अगाडि बढ्नुपर्छ : मुख्यमन्त्री भट्ट


कैलाली, १४ भदौ :प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बेपत्ता पारिएका व्यक्तिका सन्दर्भमा सत्य निरुपण तथा मेलमिलाप आयोगले छिटोभन्दा छिटो काम अगाडि बढाउनुपर्ने बताउनु भएको छ ।

‘बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस’ का अवसर पारेर आज धनगढीमा द्वन्द्वपीडित साझा चौतारी नेपालले बुझाएको ज्ञापन पत्र बुझ्नु हुँदै मुख्यमन्त्री भट्टले पीडित परिवारका राहतका लागि आयोगले कामको चाँडो निक्र्यौल गर्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री भट्टले द्वन्द्वपीडितको सहयोगका लागि प्रदेश सरकारले बनाउने कार्यक्रमका बारेमा छलफल चलाई राखेको बताउँदै त्यस्तो कार्यक्रम बनाउँदा द्वन्द्वपीडितसँग समन्वय तथा आवश्यक सल्लाह गरिने उल्लेख गर्नुभयो ।

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस (३० अगष्ट) का अवसरमा पीडितका परिवारले आफ्ना बेपत्ता सदस्यको सास वा लाशका बारेमा जानकारी पाउने अधिकार सुरक्षित गरियोस् भनी ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १४ भाद्र बिहीबार  ७ : २६ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित