२०८२, ६ भाद्र शनिबार

बैंकिङ कसुरका ६ जना अभियुक्त पक्राउ

बैंकिङ कसुरका ६ जना अभियुक्त पक्राउ


काठमाडौं, भदौ १३ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई रु दुई करोड २८ लाख ३८ हजार ४०१ हानि पुर्‍याउने ६ जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

बैंकको न्यूरोड शाखाका कर्मचारी र सुन ऋणीको मिलेमतोमा धितोबापत राखिएको सुन ऋण चुक्ता नहुँदै फिर्ता दिने तथा अपुग सुनसमेत राखी विभिन्न समयमा ऋण प्रवाह गरी बैंकलाई हानि पुर्‍याउने ती व्यक्तिलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

पक्राउ पर्नेमा बैंकका कर्मचारीहरु वरिष्ठ सुन जाँचक भक्तपुरका सामिन शाक्य र सहायक सुन जाँचक विन्देश शाक्य, प्राइम कमर्सियल बैंक गोल्ड अडिट विभागका अमितराज बज्राचार्य, ऋणी मोरङ, शनिश्चरेका लभ बराइली र संखुवासभा, चैनपुरका उमेशराज बराइली छन् ।पक्राउ परेकालाई उच्च अदालत पाटनबाट बुधबार सात दिनकोे म्याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐनबमोजिम अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २०७५, १३ भाद्र बुधबार  ९ : ५२ बजे

माइत जाने र दक्षिणा प्राप्त गर्ने विगतको संस्कार अहिले तोडिएको छः रचना खड्का

सिन्धुलीः सिन्धुलीमा भव्य तीज कार्यक्रमको आयोजना गरिएको छ । खड्ग

ट्रम्प सरकारद्वारा ५.५ करोड भिसावाहकको छानबिन सुरु

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिका भित्रेका ५

एमालेले कसैको सदस्यता खोसेको छैनः अध्यक्ष ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले

लिपुलेक सम्झौता विरोधमा नेविसंघको मसाल जुलुस

काठमाडौँ । लिपुलेक हुँदै सीमा व्यापार गर्न भारत र चीनबीच

एनआरएनए केन्द्रीय समिति बैठक आइतबार, विश्व सम्मेलनलगायत विषयमा छलफल

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को १०७औं