२०८३, ६ बैशाख सोमबार

बैंकिङ कसुरका ६ जना अभियुक्त पक्राउ

बैंकिङ कसुरका ६ जना अभियुक्त पक्राउ


काठमाडौं, भदौ १३ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई रु दुई करोड २८ लाख ३८ हजार ४०१ हानि पुर्‍याउने ६ जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

बैंकको न्यूरोड शाखाका कर्मचारी र सुन ऋणीको मिलेमतोमा धितोबापत राखिएको सुन ऋण चुक्ता नहुँदै फिर्ता दिने तथा अपुग सुनसमेत राखी विभिन्न समयमा ऋण प्रवाह गरी बैंकलाई हानि पुर्‍याउने ती व्यक्तिलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

पक्राउ पर्नेमा बैंकका कर्मचारीहरु वरिष्ठ सुन जाँचक भक्तपुरका सामिन शाक्य र सहायक सुन जाँचक विन्देश शाक्य, प्राइम कमर्सियल बैंक गोल्ड अडिट विभागका अमितराज बज्राचार्य, ऋणी मोरङ, शनिश्चरेका लभ बराइली र संखुवासभा, चैनपुरका उमेशराज बराइली छन् ।पक्राउ परेकालाई उच्च अदालत पाटनबाट बुधबार सात दिनकोे म्याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐनबमोजिम अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २०७५, १३ भाद्र बुधबार  ९ : ५२ बजे

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदिप ज्ञवाली

काठमाडौं । प्रदीप ज्ञवाली ले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने

प्रत्यक्ष सांसद नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी ताेक्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रत्यक्ष निर्वाचित सांसद नरहेका

गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ

काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले “निरे” भनेर चिनिने

बागमतीमा मुख्यमन्त्री र प्रमुख सचिवबीच विवाद चुलियो, मन्त्रिपरिषद् बैठक प्रभावित

हेटौंडा । बागमती प्रदेश सरकारमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रमुख

इरानको चेतावनी : स्ट्रेट अफ होर्मुज पार गर्न खोजे जहाजमाथि आक्रमण हुने

काठमाडौं । विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ