२०८२, ६ भाद्र शनिबार

अधिकार प्राप्तिका लागि सङ्गठित हुनुहोस् : नेता सिंह

अधिकार प्राप्तिका लागि सङ्गठित हुनुहोस् : नेता सिंह


काठमाडौँ, १३ भदौ : नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहदेखि केन्द्रसम्म महिला प्रतिनिधित्व सुनिश्चित गर्न महिला सङ्गठित भएर लाग्नुपर्ने बताउनुभएको छ । महिला सङ्घका संस्थापक अध्यक्ष स्व मङ्गलादेवी सिंहको २२औँ स्मृति दिवसका अवसरमा महिला सङ्घ काठमाडौँ क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीको विधान संशोधन हुन लागेको भन्दै उक्त विधानमा महिलाको हक सुनिश्चित गर्न संस्थागतरुपमा महिला प्रतिनिधित्व खोज्नुपर्ने बताउनुभयो ।

“महिला सङ्घको योगदानका कारण आज संसद्मा ३३ प्रतिशत महिलाको अधिकार सुनिश्चित भएको छ, पार्टीभित्र पनि ३३ प्रतिशत सुनिश्चित गर्न महिला सङ्घ संस्थागतरुपमा लाग्नुपर्छ,” उहाँले भन्नुभयो ।

उहाँले महिलालाई पढ्नका लागि डिल्लीबजार कन्या स्कूल खोल्नदेखि महिलालाई निर्वाचनमा मताधिकारको प्रयोग गर्ने अधिकार स्थापित गर्नसमेत स्व सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । “नेपालका महिलालाई पुरुषसरह पु¥याउनका लागि स्व मङ्गलादेवीको ठूलो योगदान रहेको छ,” उहाँले भन्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १३ भाद्र बुधबार  ९ : ३५ बजे

माइत जाने र दक्षिणा प्राप्त गर्ने विगतको संस्कार अहिले तोडिएको छः रचना खड्का

सिन्धुलीः सिन्धुलीमा भव्य तीज कार्यक्रमको आयोजना गरिएको छ । खड्ग

ट्रम्प सरकारद्वारा ५.५ करोड भिसावाहकको छानबिन सुरु

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिका भित्रेका ५

एमालेले कसैको सदस्यता खोसेको छैनः अध्यक्ष ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले

लिपुलेक सम्झौता विरोधमा नेविसंघको मसाल जुलुस

काठमाडौँ । लिपुलेक हुँदै सीमा व्यापार गर्न भारत र चीनबीच

एनआरएनए केन्द्रीय समिति बैठक आइतबार, विश्व सम्मेलनलगायत विषयमा छलफल

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को १०७औं