२०८२, १६ मंसिर मंगलबार

राष्ट्रिय जनगणना दुई चरणमा गरिने

राष्ट्रिय जनगणना दुई चरणमा गरिने


विराटनगर, १३ भदौ : केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ दुई चरणमा गर्ने तयारी शुरु गरेको छ । राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा आज यहाँ प्रदेशस्तरीय अन्तक्र्रिया गोष्ठीमा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले तथ्याङ्कले विकास निर्माणका कार्य, कृषिको आधुनिकीकरण र भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने बताउनुभयो ।

उहाँले सबैलाई समेट्ने गरी वैज्ञानिक र व्यवस्थित ढङ्गले जनगणना हुनुपर्नेमा जोड दिँदै गणकद्वारा गरिने जनगणनाको प्रभावकारी अनुगमनमा विभागको सचेत र सजग हुनु आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । गणनालाई प्रभावकारी बनाउन आवश्यक सुझाव सङ्कलन गर्न आगामी दिनमा स्थानीय निकाय, सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग छलफल गरिने विभागका निर्देशक ढुण्डिराज न्यौपानेले बताउनुभयो ।

गोष्ठीमा प्रदेश नं १ का प्रमुख सचिव केदार न्यौपाने, जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल र मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले राष्ट्रिय जनगणनालाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहभागीले जनगणनामा जात जातिका तथ्याङ्कसम्बन्धी पूर्ण विवरण तल्लोस्तरमा सङ्कलन गर्नुपर्ने, पारिवारिक संरचना, रोजगारी, बसाइँसराइ, आदि विषयमा समेट्न सुझाव दिएका छन् । राष्ट्रिय जनगणना प्रत्येक १० वर्षमा हुँदै आएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १३ भाद्र बुधबार  ९ : ११ बजे

आज फलफूल तथा तरकारीको मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस विश्वव्यापी रूपमा मनाइँदै

काठमाडौं । आज, २ डिसेम्बर, अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस विश्वभर

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभाका विधायन व्यवस्थापन समितिको १४१ औं बैठक

मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई सर्वोच्च अदालतले

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको आधिकारिक लोगो आज