२०८२, २९ पुस मंगलबार

दूरसंचारको अध्यक्षमा तीन नाम सिफारिस, मन्त्रिपरिषदले हटाएका दिगम्बर झा फेरी अध्यक्ष बन्ने दाउमा

दूरसंचारको अध्यक्षमा तीन नाम सिफारिस, मन्त्रिपरिषदले हटाएका दिगम्बर झा फेरी अध्यक्ष बन्ने दाउमा


काठमाडौं १३ भदौ : सूचना सञ्चार तथा प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि तयार गरेको नामावली मन्त्रीपरिषदमा पठाएको छ ।आगामी मन्त्रीपरिषद्को बैकठमा त्यसबारे छलफल हुने सूचना मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले जानकारी दिएका छन् । अध्यक्षको लागि मन्त्रालयले आवेदन समेत खुल्ला गरेको थियो ।

उक्त आवेदनमा आएका नामहरुबाट तीन जनाको नाम मन्त्रीपरिषदमा पठाएको स्रोतले जानकारी दिएको छ । मन्त्रालय स्रोतका अनुसार सुशील घिमिरे, दिगाम्बर झा र पुरुषोत्तम खनाललाई अध्यक्षमा सिफारिस गरिएको छ । दिगम्बर झा भर्खरै प्राधिकरणबाट हटाइएका व्यक्ति हुन् । उनलाई असार २० गतेको मन्त्रिपरिषद्को बैठकले हटाएको थियो । उनले आफू पुनः अध्यक्ष बन्नयोग्य रहेको भन्दै आवेदन दिएका हुन् ।

सुशील घिमिरे सञ्चार मन्त्रालयको सचिवका रुपमा पनि काम गरिसकेका व्यक्ति हुन् । उनलाई मन्त्रालयले प्राथमिकतामा राखेको स्रोतको दावी छ । त्यस्तै पुरुषोत्तम खनाल प्राधिकरणकै वरिष्ठ निर्देशकका रुपमा कार्यरत छन् ।

प्रकाशित मिति : २०७५, १३ भाद्र बुधबार  ९ : ०१ बजे

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र

वाचा धेरै, उपलब्धि कम, बालेन साहको तीन वर्षे कार्यकाल असफल : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका

यी हुन् एमाले, कांग्रेस र नेकपाको बन्दसूचीबाट नाम फिर्ता लिने उम्मेदवार

काठमाडौं । प्रमुख राजनीतिक दलका समानुपातिकतर्फका बन्दसूची उम्मेदवारमध्ये सबैभन्दा बढी

ललितपुरमा बोरा भित्र शव : औंठी लुट्न ८३ वर्षीय वृद्धको निर्मम हत्या

काठमाडौं । ललितपुरमा तीन तोलाको सुनको औंठी लुट्ने उद्देश्यले ८३