२०८३, २५ आश्विन सोमबार

हिंसा रोक्न सरकार प्रतिवद्ध छ : गृहमन्त्री

हिंसा रोक्न सरकार प्रतिवद्ध छ : गृहमन्त्री


काठमाडौँ, १३ भदौ: गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समाजमा हुने सबै प्रकारका हिंसा रोक्न सरकार प्रतिवद्ध भएको बताउनुभएको छ । पछिल्लो समय आएका महिला हिंसा र बलात्कारका घटनाका समाचारमा आफ्नो ध्यानाकर्षण भएको भन्दै गृहमन्त्री थापाले महिला हिंसा रोक्न सरकार कडारुपमा प्रस्तुत हुने बताउनुभयो ।

महिला हिंसा बढेको भन्दै अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष निलम बर्माको नेतृत्वमा आज गृह मन्त्रालय आएको टोलीलाई गृहमन्त्रीले महिला हिंसाका घटनालाई गम्भीरतापूवर्क लिएर तत्काल कारवाही गर्न आफूले प्रहरीलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । गृहमन्त्री बादलले महिला हिंसाका दोषीलाई कुनै हालतमा उन्मुक्ति नदिइने स्पष्ट पार्दै यस्ता घटनामा जोसुकैको कमजोरी देखिए पनि कारवाहीको दायरामा ल्याइने स्पष्ट पार्नुभयो ।

यस्ता घटनामा अधिकांश दोषीलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रियासमेत अगाडि बढाइसकेको जानकारी दिँदै उहाँले महिला हिंसाविरुद्ध मन्त्रालयले शुरु गरेको अभियानमा हातेमालो गरेर अघि बढ्न सञ्जाललाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘अनियन्त्रित मदिराको बिक्रीवितरण र लागुपदार्थको सेवन तथा अन्य कारणले महिला हिंसाका घटना बढेका छन् । त्यसैले पहिला ती कारणको न्यूनीकरण गर्न जरुरी देखिएको छ ।’’

भेटमा गृहमन्त्री बादलले भन्नुभयो, ‘‘पहिले बलात्कारजस्ता जघन्य अपराधका घटना गोप्य राखिन्थ्यो, मिडियामा पनि बढी आउँदैन्थ्यो । तर अहिले मिडियामा बढी आउन थालेकोले घटना बढेको हुन् कि भन्ने जस्तो देखिएको हो ।’’ उहाँले कञ्चनपुरमा बालिकाको हत्याको विषयमा समेत गृहले छानबिन समितिमार्फत छानबिन अघि बढाइसकेकोले केही दिनमै सत्यतथ्य आउने विश्वास व्यक्त गर्नुभयो ।

महिला हिंसाविरुद्ध आवश्यकताअनुसार थप कठोर कानून बनाउन सकिने भन्दै गृहमन्त्री बादलले संसद्मा महिला सांसदबाट आएको सङ्कल्प प्रस्तावले पनि त्यसलाई सहयोग पुग्ने धारणा राख्नुभयो । सञ्जालको टोलीले पछिल्ला दिनमा देशका विभिन्न ठाउँमा भएका महिलाको बलात्कार, हत्यालगायतका घटनाले स्तब्ध बनाएको भन्दै घटनाका दोषीलाई तत्काल कारवाहीको दायरमा ल्याउन गृहमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १३ भाद्र बुधबार  ७ : २७ बजे

सर्वोच्चका न्यायाधीश सिफारिसमा विवाद : मापदण्डभन्दा प्रधानन्यायाधीशको रोजाइ हाबी भएको आरोप

काठमाडौं । सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गर्ने न्याय

चार देशका प्रस्तावित राजदूतलाई एउटै प्रश्न : राष्ट्रिय स्वार्थ जोगाउने चुनौती

काठमाडौं । भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) पदमा

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका