२०८२, २१ असार शनिबार

अर्थतन्त्रमा खतरा छैन : अर्थमन्त्री

अर्थतन्त्रमा खतरा छैन : अर्थमन्त्री


काठमाडौँ, १३ भदौ : अर्थमन्त्री डा युवराज खतिवडाले वर्तमान अवस्थामा अर्थतन्त्रमा कुनै खतरा नरहेको बताउनुभएको छ । आर्थिक पत्रकार समाज (सेजन)को १९औँ वार्षिक साधारणसभाको अवसरमा उहाँले भन्नुभयो, “हामी सबल अर्थतन्त्र निर्माण गर्ने चरणमा छौँ, अहिले अर्थतन्त्रमा कुनै खतराको बिन्दु देखिएको छैन । सबल अर्थतन्त्रका राम्रा पक्षलाई ओझेलमा पारिनु हुँदैन, यसले निजी क्षेत्रमा निरासा उत्पन्न हुन्छ ।”

अर्थमन्त्री डा खतिवडाले बजेट अनुशासनमा आएको र केही आलोचना खेप्नुपरे पनि मुलुककै हितमा रहेको स्पष्ट पार्नुभयो । संरचनागत कमजोरीले व्यापार घाटाका चुनौती बढेको उल्लेख गर्दै उहाँले निर्यातमुखी अर्थतन्त्रको विकासमा अघि बढ्नुपर्छ भन्नुभयो ।

निजी क्षेत्रको लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेकाले सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्यलाई सार्थक तुल्याउन निजी क्षेत्रबाट दुई तिहाइ लगानी र प्रशस्त रोजगारी सिर्जना हुनुपर्नेमा उहाँको जोड थियो । अर्थमन्त्री डा खतिवडाले वित्तीय सङ्घीयता कार्यान्वयनका लागि धमाधम कानून निर्माण भइरहेको पनि जानकारी दिनुभयो । नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले उद्यमशीलताको विकास तथा लगानी प्रवद्र्धनका लागि सरकारले आवश्यक वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले अर्थतन्त्रका नकारात्मकभन्दा सकारात्मक पक्षलाई सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०७५, १३ भाद्र बुधबार  ७ : १६ बजे

पौडेलले गरे जनसम्पर्क समितिको अधिवेशनको मिति प्रस्ताव

ललितपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति समन्वय

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधि सभा अन्तरगत महिला तथा सामाजिक मामिला

डिजिटल व्यापार र लगानीमा सहकार्यका लागि बेलायती व्यवसायीहरुलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले

आज अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर मनाइदैँ

काठमाडौं । आज अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरि

पुल भत्किदा बनेपा–नाला– भक्तपुर सडक खण्ड अवरुद्ध

भक्तपुर । बनेपा नाला भक्तपुर सडक अन्तर्गत नाला पुलबजारको पुन्यमति