२०८२, १२ चैत्र शुक्रबार

घरले च्यापिएर एकै परिवारका पाँचको मृत्यु, एक घाइते

घरले च्यापिएर एकै परिवारका पाँचको मृत्यु, एक घाइते


सल्यान, १३ भदौ : सल्यानमा गए राति घरले च्यापिएर एकै घरका पाँचको मृत्यु भएको छ । बागचौर नगरपालिका–४ सिमखोलीमा घर भत्किँदा एकै घरका पाँचको च्यापिएर मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

मृत्यु हुनेमा ३९ वर्षीय रामसिंह कामी, उहाँकी ३५ वर्षीया श्रीमती रामकला कामी, उहाँकी ६ वर्षीया छोरी गङ्गा कामी, पाँच वर्षीया छोरी प्रमिला कामी र चार वर्षीय छोरा रुपलाल कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृतक रामसिंहको एकतले घरको दलिन र पर्खाल भत्किएपछि च्यापिएर पाँचको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

घटनालगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि सिमाखोली प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालय थारमारेबाट गएको टोलीले उद्धार गरेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिनुभयो । अहिले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको शाहीको भनाइ रहेको छ । घटनामा परेकी मृतककी ११ वर्षीय छोरी सुनिता कामीलाई जीवितै उद्धार गरिएको छ । अहिले सुनिताको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०७५, १३ भाद्र बुधबार  ८ : २२ बजे

‘धेरै आशा बोकेर बिदा हुँदैछु’ : प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । सुशीला कार्की ले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले आज राष्ट्रका नाममा सम्बोधन

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज

खाडी क्षेत्रमा अमेरिकी सैन्य परिचालन तीव्र, इरानको कडा चेतावनी

काठमाडौं । इरानसँग बढ्दो तनावबीच अमेरिकाले खाडी क्षेत्रमा सैन्य उपस्थिति

अमेरिका र इरान बीचको युद्ध रोक्न १५ बुँदे प्रस्ताव, इरानले अध्ययन गर्दै

काठमाडौं । अमेरिकाले इरानसँग जारी युद्धको अन्त्यका लागि १५ बुँदे