२०८२, १ माघ बिहीबार

प्रदेश ५ मा बलात्कारको डर लाग्दो रुप, डेढ महिनामा ३३ बलात्कार

प्रदेश ५ मा बलात्कारको डर लाग्दो रुप, डेढ महिनामा ३३ बलात्कार


 नेपालगन्ज, भदौ १३ : प्रदेश ५ मा बलात्कारका घटना डरलाग्दो रुपमा बढेका छन् । गत साउन यता यो प्रदेशका १२ जिल्लामा जबरजस्ती करणीका ३३ वटा घटना भएका छन् । प्रदेश सभासद कृष्णा केसी बलात्कार सामाजिक विकृतिका रुपमा देखिएको बताउँछिन् । जसलाई अशिक्षा, बेरोजगारीजस्ता समस्याले प्रोत्साहन गरिरहेको छ ।

उनले भनिन्, घटनालाई ढाकछोप गर्नुहुन्न भन्ने मान्यता बढेको छ । यो राम्रो पक्ष हो । अझ धेरै घटना सार्वजनिक भएका छैनन् । कतिपय घटना परिवारभित्रै लुकाइन्छ । कति प्रहरीकहाँ गएर मिलाउने प्रयास गरिन्छ । कतिपय अवस्थामा दोषीलाई कम सजाय दिलाउन दबाब पर्छ । साउनयता बलात्कारका घटना बाँके, प्युठान र दाङमा धेरै भएका छन् ।

बाँके र प्युठानमा समान ६ र दाङमा ५ जबरजस्ती करणी मुद्दा दर्ता भएका छन् । रुपन्देहीमा ४, नवलपरासीमा १, कपिलवस्तुमा २, पाल्पामा ३, रोल्पामा १, रुकुम (पूर्व)मा १, बर्दियामा ४ वटा मुद्दा दर्ता भएको छ । गुल्मी र अर्घाखाँचीमा जबरजस्ती करणी उद्योगको एउटा पनि मुद्दा दर्ता भएको छैन ।
– नागरिक दैनिक

प्रकाशित मिति : २०७५, १३ भाद्र बुधबार  ६ : ४७ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा