२०८३, २२ आश्विन शुक्रबार

दुर्लभ एकसिङ्गे गैँडा मरेको अवस्थामा भेटियो

दुर्लभ एकसिङ्गे गैँडा मरेको अवस्थामा भेटियो


चितवन, १२ भदौ: चितवन राष्ट्रिय निकुञ्जको माडी वनकट्टा क्षेत्रमा दुर्लभ एकसिङ्गे गैँडा आज मरेको अवस्थामा भेटिएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार काँसघारीमा टाउको पानीमा डुबेको अवस्थामा भाले गैँडा मरेको भेटिएको हो । गैँडाको अवस्था हेर्दा दुई–तीन दिनअघि मरेको जस्तो देखिएको अर्यालले बताउनुभयो ।

गैँडा जुधेर, दलदलमा फसेर, बुढो भएर, घाउको सङ्क्रमण लगायतका कारण मर्ने गर्दछन् । निकुञ्जमा चालू आवमा हालसम्म योसहित चारवटा गैँडा प्राकृतिक कारणले मरेका छन् । गत आव २०७४÷७५ मा २६ वटा गैँडा प्राकृतिक कारणले मरेका थिए । नेपालमा ६४५ वटा एकसिङ्गे गैँडा रहेका छन् जसमध्ये ६०५ वटा चितवन राष्ट्रिय निकुञ्जमा छन् ।

प्रकाशित मिति : २०७५, १२ भाद्र मंगलबार  ८ : ५७ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य