२०८२, २ माघ शुक्रबार

बैतडी औलोको उच्च जोखिममा

बैतडी औलोको उच्च जोखिममा


बैतडी, १२ भदौ : पछिल्लो समय यहाँ औलोको उच्च जोखिम रहेको पाइएको छ । तीन वर्षयता औलोका बिरामी बढ्दै गएका जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले जानकारी दिनुभयो । जिल्लाको तल्लोस्वराड क्षेत्रको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडा औलोको उच्च जोखिममा रहेका छन् । सो क्षेत्रमा गत वर्षदेखि औलोका बिरामी फेला पर्न थालेका छन् ।

“हालसम्म ४० औलो रोगी भेटिएका छन्,” पाण्डेयले भन्नुभयो । गत वर्ष ३३ तथा यस वर्ष हालसम्ममा ७ औलो रोगी भेटिएको उहाँले बताउनुभयो । विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पुगेका बिरामीको रगत जाँच गर्दा औलो फेला परेको हो । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आधुनिक प्रयोगशाला सञ्चालनमा आएपछि औलोको बिरामी पत्ता लगाउन सहज भएको ल्याब टेक्निसियन रमेश बोहराले बताउनुभयो । अहिले रगत जँच्न आउनेको सङ्ख्या बढ्दै गएको छ ।

तल्लोस्वराडमा औलो देखिएपछि गर्भवती महिला तथा बालबालिका बढी जोखिममा छन् । त्यहाँ स्थानीयवासीलाई निःशुल्क झुल वितरण गरिएको छ । प्रभावित क्षेत्रमा किटनाशक औषधि छर्किएको छ । लामखुट्टेको टोकाइबाट औलो रोग देखा पर्छ । औलोबाट बच्न लामखुट्टेबाट जोगिनु पर्छ ।

प्रकाशित मिति : २०७५, १२ भाद्र मंगलबार  १० : ३२ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा