२०८२, १२ चैत्र शुक्रबार

बैतडी औलोको उच्च जोखिममा

बैतडी औलोको उच्च जोखिममा


बैतडी, १२ भदौ : पछिल्लो समय यहाँ औलोको उच्च जोखिम रहेको पाइएको छ । तीन वर्षयता औलोका बिरामी बढ्दै गएका जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले जानकारी दिनुभयो । जिल्लाको तल्लोस्वराड क्षेत्रको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडा औलोको उच्च जोखिममा रहेका छन् । सो क्षेत्रमा गत वर्षदेखि औलोका बिरामी फेला पर्न थालेका छन् ।

“हालसम्म ४० औलो रोगी भेटिएका छन्,” पाण्डेयले भन्नुभयो । गत वर्ष ३३ तथा यस वर्ष हालसम्ममा ७ औलो रोगी भेटिएको उहाँले बताउनुभयो । विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पुगेका बिरामीको रगत जाँच गर्दा औलो फेला परेको हो । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आधुनिक प्रयोगशाला सञ्चालनमा आएपछि औलोको बिरामी पत्ता लगाउन सहज भएको ल्याब टेक्निसियन रमेश बोहराले बताउनुभयो । अहिले रगत जँच्न आउनेको सङ्ख्या बढ्दै गएको छ ।

तल्लोस्वराडमा औलो देखिएपछि गर्भवती महिला तथा बालबालिका बढी जोखिममा छन् । त्यहाँ स्थानीयवासीलाई निःशुल्क झुल वितरण गरिएको छ । प्रभावित क्षेत्रमा किटनाशक औषधि छर्किएको छ । लामखुट्टेको टोकाइबाट औलो रोग देखा पर्छ । औलोबाट बच्न लामखुट्टेबाट जोगिनु पर्छ ।

प्रकाशित मिति : २०७५, १२ भाद्र मंगलबार  १० : ३२ बजे

‘धेरै आशा बोकेर बिदा हुँदैछु’ : प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । सुशीला कार्की ले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले आज राष्ट्रका नाममा सम्बोधन

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज

खाडी क्षेत्रमा अमेरिकी सैन्य परिचालन तीव्र, इरानको कडा चेतावनी

काठमाडौं । इरानसँग बढ्दो तनावबीच अमेरिकाले खाडी क्षेत्रमा सैन्य उपस्थिति

अमेरिका र इरान बीचको युद्ध रोक्न १५ बुँदे प्रस्ताव, इरानले अध्ययन गर्दै

काठमाडौं । अमेरिकाले इरानसँग जारी युद्धको अन्त्यका लागि १५ बुँदे