२०८२, २२ जेष्ठ बिहीबार

निर्मला हत्या: किन शंकाको घेरामा छन् बम दिदिबहिनी ?

निर्मला हत्या: किन शंकाको घेरामा छन् बम दिदिबहिनी ?


काठमाडौं, भदौ १२: रोशनीको प्रायः सधै जसो निर्मलाको घरमा आउने भइरहन्थ्यो, तर निर्मला कमै मात्रै रोशनीको घर जान्थीन त्यहीपनि साथीहरुको साथमा । साउन ९ गते निर्मलालाई बोलाउन रोशनी उनको घरमै पुगेकी थिईन् । घर पुगेकी उनले निर्मलालाई चटपटेको २० रुपैयाँ दिन बाँकी थियो । ‘ भोली मेरै घरमा आउनु चटपटेको पैसा पनि दिनुछ, संगै बसेर होमवर्क गरौंला’ साउन ९ गते रोशनीले आफ्नी छोरीलाई भनेको कुरा सम्झिदै दुर्गादेवी पन्तले भनिन्,‘ उसले अघिल्लो दिनमै आएर बोलाएकाले साउन १० गते छोरी उसको घरमा बिहान ११ बजे गएकी थिई।’ रोशनीको घरमा उनकी दिदी बविता उर्फ अनिता बम र उनी बस्ने गर्थिन् ।

होमवर्क गर्न गएकी निर्मला दिउँसो २ बजे नै त्यहाँबाट फर्किसकेको बताईएपनि उनी भने घर पुगिनन् । ‘ म त्यही दिन सामान लिन बनवासा गएकी थिए’ दुर्गादेवीले भनिन्,‘ घर पुगेर निर्मला कहाँ छे भनेर खोजे, अरु छोरीले साथी रोशनीकोमा गएको छ भने।’ साँझ पर्न लाग्दा समेत छोरी घर नपुगेपछि खोज्दै रोशनीको घर पुगे उनले भनिन् । तर त्यहाँ पुग्दा रोशनीले दिउँसै घर गइसकेको बताएपनि उसको दिदीले आक्रोश शब्दमा आफूप्रति खनिन् । छोरी होमवर्क गर्न गएको घरबाट हराएपछि आमा दुर्गादेवीको शंका बढ्दै गएको थियो । ‘मैले पटक–पटक रोशनी कै घरमा गएर छोरी खोज्ने प्रयास गरे’ उनले भनिन्,‘तर रोशनीको दिदी अनिताले घरको गेटभित्र समेत पस्न नदिएर उल्टै नराम्रो व्यवहार देखायो।’’

स्थानीय प्रहरी प्रशासनले समेत छोरी खोज्नलाई सहयोग नगरिदिदा पीडित बनेकी दुर्गादेवी पन्तलाई साउन १० गते रातभरी निन्द्रा परेन् । अर्कोदिन भोलीपल्ट पनि खोजी शुरु भयो । ‘ त्यसदिन समेत म बिहान फेरी मनले मानेन र सोध्न गए’उनले भनिन्,‘त्यसदिन समेत उनले घरभित्र गएर हेर्न दिइनन्, नजिकैको खोलामा खोजी गर्नेले साईकल भेटियो भन्दा उल्टै साईकल भेटियो त लाश पनि त्यतै भेटिएला नी भन्ने जवाफ फर्काइन।’ साउन ११ गते निम्बुखेडा खोला नजिकैको उखुबारीमा निर्मलाको शव हत्या गरिएको अवस्थामा फेला पर्‍र्यो ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रकाशित मिति : २०७५, १२ भाद्र मंगलबार  ७ : १८ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक