२०८३, २१ भाद्र सोमबार

रातारात ‘दुलही’ झै सिंगारियो काठमाडौ, ५७ वटा स्वागतद्वार

रातारात ‘दुलही’ झै सिंगारियो काठमाडौ, ५७ वटा स्वागतद्वार


काठमाडौं, भदौ १२: बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौँथो शिखर सम्मेलनको पुर्व सन्ध्यामा काठमाडौं झकिझकाउ भएको छ । पाहुनाको स्वागतार्थ काठमाडौं र ललितपुर महानगरपालिकाद्वारा ५७ वटा स्वागतद्धार बनाइएको छ । यस्तै विभिन्न सरकारी निकाय, बैक, संस्थान, उद्योग वाणिज्य महासंघ लगायतका निकायले पनि स्वागतद्धार बनाएका छन् । कामपाले त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल, नारायणहिटी दरबार, त्रिपुरेश्वर कान्तिपथ, कलंकी र सोल्टीमोडमा स्वागत द्धार बनाएको छ ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले विभिन्न सरकारी, बैक, संस्थान लगायतका निकायलाई पत्र पठाई स्वागत द्धार बनाउन आग्रह गरेको थियो । राजधानीको सबै फ्ल्याग पोलमा नेपाल सहित ७ वटै राष्ट्रका झण्डा राखिएको छ । आज मंगलबारबाट विभिन्न देशका राष्ट्र र सरकारप्रमुखको उपस्थित हुने भएकाले काठमाडाँैलाई दुलही झै सिगारिएको छ ।

विमानस्थलदेखि, सोल्टी होटल, रत्नपार्कदेखि राष्ट्रपति भवन, चावहिलदेखि हायात होटल , थापाथलीदेखि कुपण्डोल हुदै पाटन दरबार क्षेत्रको सडक सिगारिएको छ । सडक छेउका फुटपाथमा रातारात ब्लक छापिएको छ भने पोलमा जेलिएको तार हटाइएको छ ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति : २०७५, १२ भाद्र मंगलबार  ६ : ४२ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको