२०८२, ५ भाद्र शुक्रबार

रौतहटमा नौ महिने बालिकाको अपहरण पछि हत्या, किन बचाउन सकेन प्रहरीले ?

रौतहटमा नौ महिने बालिकाको अपहरण पछि हत्या, किन बचाउन सकेन प्रहरीले ?


रौतहट, ११ भदौ । रौतहटको औरही नगरपालिका–१ स्थित एक पसलबाटै अपहरण गरिएकी ९ महिनाकी बालिकाको हत्या भएको छ ।औरही बजारका किराना पसलका सञ्चालक सन्तोष चौधरीकी ९ महिने छोरी सोनालिकाको हत्या भएको हो ।

बालिकाको शव सोमबार अपरान्ह औरही नगारपालिकास्थित फेकु चौधरीको आँप बगैंचामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको विरोधमा स्थानीय व्यापारीले विहानैदेखि औरही बजार बन्द राखेका छन् । उनको हत्या कसरी भयो खुल्न सकेको छैन । तर घटनस्थलबाट प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार बालिकाको शरीरभरी नीलडाम देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालिकालाई भंगाहा सीतापुर–६ जमुनियाका २५ वर्षीय भरत साहले खेलाउने बहानामा आइतबार साँझ अपहरण गरेको पारिवारिक स्रोतले जनाएको छ । साह केही समयदेखि औरहीमा देखा पर्दै आएका थिए । स्थानीयका अनुसार साहको गतिविधि संदिग्ध थियो । चौधरीको पसलमा रहेको सीसी टीभीबाट पनि साहले बालिकालाई बोकेको फुटेज फेला परेको प्रहरीले जानकारी दिएको छ ।

मृतकका बुवा सन्तोषले जनाएअनुसार राखी परेकोले उनी आइतबार मंलवास्थित बहिनीको घर गएका थिए । पसलमा पत्नी र केटाकेटी थिए । सोही मौका पारेर साह टोपी किन्ने बहानामा आफ्नो पसलमा पुगेको उनले जनाए । ‘टोपी किन्ने निहुँ पारेर ऊ मेरो पसलमा पसेछ’ सन्तोषले भने, ‘मेरो श्रीमतीसँग टोपीको कुरा पनि गरेछ ।

अपहरणको जानकारी लगत्तै जिल्ला प्रहरीका डिएसपी खगेन्द्रबहादुर खड्काको कमाण्डमा रातिदेखि नै खोजी शुरु भएको थियो । तर, प्रहरीको यो प्रयास अन्नतः विफल बनेको छ । परिवार र गाउँलेले घरदेखि भारतीय सीमासम्म खोजी कार्य जारी राखेका थिए । अपरान्ह गाउँकै बगैंचामा बालिकाको शव फेला परेपछि अहिले औरही शोकमा डुबेको छ । घटनामा संलग्न साहबारे प्रहरीले उनको बुवा र दाजुसँगै सोधपुछ गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०७५, ११ भाद्र सोमबार  ६ : ०५ बजे

माइत जाने र दक्षिणा प्राप्त गर्ने विगतको संस्कार अहिले तोडिएको छः रचना खड्का

सिन्धुलीः सिन्धुलीमा भव्य तीज कार्यक्रमको आयोजना गरिएको छ । खड्ग

ट्रम्प सरकारद्वारा ५.५ करोड भिसावाहकको छानबिन सुरु

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिका भित्रेका ५

एमालेले कसैको सदस्यता खोसेको छैनः अध्यक्ष ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले

लिपुलेक सम्झौता विरोधमा नेविसंघको मसाल जुलुस

काठमाडौँ । लिपुलेक हुँदै सीमा व्यापार गर्न भारत र चीनबीच

एनआरएनए केन्द्रीय समिति बैठक आइतबार, विश्व सम्मेलनलगायत विषयमा छलफल

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को १०७औं