२०८३, ६ बैशाख सोमबार

रौतहटमा नौ महिने बालिकाको अपहरण पछि हत्या, किन बचाउन सकेन प्रहरीले ?

रौतहटमा नौ महिने बालिकाको अपहरण पछि हत्या, किन बचाउन सकेन प्रहरीले ?


रौतहट, ११ भदौ । रौतहटको औरही नगरपालिका–१ स्थित एक पसलबाटै अपहरण गरिएकी ९ महिनाकी बालिकाको हत्या भएको छ ।औरही बजारका किराना पसलका सञ्चालक सन्तोष चौधरीकी ९ महिने छोरी सोनालिकाको हत्या भएको हो ।

बालिकाको शव सोमबार अपरान्ह औरही नगारपालिकास्थित फेकु चौधरीको आँप बगैंचामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको विरोधमा स्थानीय व्यापारीले विहानैदेखि औरही बजार बन्द राखेका छन् । उनको हत्या कसरी भयो खुल्न सकेको छैन । तर घटनस्थलबाट प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार बालिकाको शरीरभरी नीलडाम देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालिकालाई भंगाहा सीतापुर–६ जमुनियाका २५ वर्षीय भरत साहले खेलाउने बहानामा आइतबार साँझ अपहरण गरेको पारिवारिक स्रोतले जनाएको छ । साह केही समयदेखि औरहीमा देखा पर्दै आएका थिए । स्थानीयका अनुसार साहको गतिविधि संदिग्ध थियो । चौधरीको पसलमा रहेको सीसी टीभीबाट पनि साहले बालिकालाई बोकेको फुटेज फेला परेको प्रहरीले जानकारी दिएको छ ।

मृतकका बुवा सन्तोषले जनाएअनुसार राखी परेकोले उनी आइतबार मंलवास्थित बहिनीको घर गएका थिए । पसलमा पत्नी र केटाकेटी थिए । सोही मौका पारेर साह टोपी किन्ने बहानामा आफ्नो पसलमा पुगेको उनले जनाए । ‘टोपी किन्ने निहुँ पारेर ऊ मेरो पसलमा पसेछ’ सन्तोषले भने, ‘मेरो श्रीमतीसँग टोपीको कुरा पनि गरेछ ।

अपहरणको जानकारी लगत्तै जिल्ला प्रहरीका डिएसपी खगेन्द्रबहादुर खड्काको कमाण्डमा रातिदेखि नै खोजी शुरु भएको थियो । तर, प्रहरीको यो प्रयास अन्नतः विफल बनेको छ । परिवार र गाउँलेले घरदेखि भारतीय सीमासम्म खोजी कार्य जारी राखेका थिए । अपरान्ह गाउँकै बगैंचामा बालिकाको शव फेला परेपछि अहिले औरही शोकमा डुबेको छ । घटनामा संलग्न साहबारे प्रहरीले उनको बुवा र दाजुसँगै सोधपुछ गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०७५, ११ भाद्र सोमबार  ६ : ०५ बजे

भीमफेदीमा कोदो उत्पादनमा उल्लेखनीय वृद्धि, ५५० मेट्रिक टन उत्पादनसँगै ३३ लाख बढी अनुदान वितरण

मकवानपुर । भीमफेदी गाउँपालिकामा चालू आर्थिक वर्षमा रैथाने बाली कोदो

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदिप ज्ञवाली

काठमाडौं । प्रदीप ज्ञवाली ले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने

प्रत्यक्ष सांसद नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी ताेक्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रत्यक्ष निर्वाचित सांसद नरहेका

गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ

काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले “निरे” भनेर चिनिने

बागमतीमा मुख्यमन्त्री र प्रमुख सचिवबीच विवाद चुलियो, मन्त्रिपरिषद् बैठक प्रभावित

हेटौंडा । बागमती प्रदेश सरकारमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रमुख