२०८२, ६ भाद्र शनिबार

कुलेखानी¬काठमाडौँ सुरुङमार्ग प्रदेश सरकारले बनाउने

कुलेखानी¬काठमाडौँ सुरुङमार्ग प्रदेश सरकारले बनाउने


हेटौँडा,११ भदौ: प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी—कुलेखानी सुरुङ मार्ग निर्माण गर्ने बताउनुभएको छ । उहाँले सन् २०१२ मा उक्त सुरुङमार्ग चार वर्षभित्र निर्माण गर्ने भनी नेपाल पूर्वाधार विकास कम्पनीले सरकारसंँग सम्झौता गरे पनि हालसम्म कुनै काम नगरेकाले अब प्रदेश सरकारले नै निर्माण अगाडि बढाउने स्पष्ट गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न रु पाँच करोड बजेट छुट्याइसकेको जानकारी दिँदै प्रदेश गौरवको आयोजनाको परियोजनाअन्तर्गत राखेर अति महत्वका साथका साथ निर्माण अगाडि बढाइने बताउनुभयो । पूर्वाधार विकास कम्पनीले नेपाल सरकारसँंग २०२२ सम्म समय थप गरे तापनि अब उक्त कम्पनीले केही काम गर्न नसक्ने स्पष्ट भएकाले सम्झौता खारेजीका लागि केन्द्र सरकारसंँग प्रदेश सरकारले अनुरोध गरेको छ ।

हालसम्म कम्पनीले कामको डोबसम्म नलगाएको बताउँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो, “अब उसले केही गर्न सक्छ भन्ने आश छैन, खरबौंँ रकम व्यक्तिको कम्पनीमा जमानी राखेर सरकारले काम गराउन सक्दैन तर हामीलाई उक्त मार्ग जसरी पनि बनाउनु छ, त्यसैले यसको जिम्मा प्रदेश सरकार आफैँले लिन्छ ।”
सर्वसाधारणले सुरुङमार्ग निर्माणका लागि लाखौंँ रुपैयाँ कम्पनीलाई बुझाएकाले अब जनताले उक्त रकम खोई भनी खोज्ने बेला आएको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ भाद्र सोमबार  ५ : ३८ बजे

माइत जाने र दक्षिणा प्राप्त गर्ने विगतको संस्कार अहिले तोडिएको छः रचना खड्का

सिन्धुलीः सिन्धुलीमा भव्य तीज कार्यक्रमको आयोजना गरिएको छ । खड्ग

ट्रम्प सरकारद्वारा ५.५ करोड भिसावाहकको छानबिन सुरु

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिका भित्रेका ५

एमालेले कसैको सदस्यता खोसेको छैनः अध्यक्ष ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले

लिपुलेक सम्झौता विरोधमा नेविसंघको मसाल जुलुस

काठमाडौँ । लिपुलेक हुँदै सीमा व्यापार गर्न भारत र चीनबीच

एनआरएनए केन्द्रीय समिति बैठक आइतबार, विश्व सम्मेलनलगायत विषयमा छलफल

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को १०७औं