२०८३, २९ असार मंगलबार

कुलेखानी¬काठमाडौँ सुरुङमार्ग प्रदेश सरकारले बनाउने

कुलेखानी¬काठमाडौँ सुरुङमार्ग प्रदेश सरकारले बनाउने


हेटौँडा,११ भदौ: प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी—कुलेखानी सुरुङ मार्ग निर्माण गर्ने बताउनुभएको छ । उहाँले सन् २०१२ मा उक्त सुरुङमार्ग चार वर्षभित्र निर्माण गर्ने भनी नेपाल पूर्वाधार विकास कम्पनीले सरकारसंँग सम्झौता गरे पनि हालसम्म कुनै काम नगरेकाले अब प्रदेश सरकारले नै निर्माण अगाडि बढाउने स्पष्ट गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न रु पाँच करोड बजेट छुट्याइसकेको जानकारी दिँदै प्रदेश गौरवको आयोजनाको परियोजनाअन्तर्गत राखेर अति महत्वका साथका साथ निर्माण अगाडि बढाइने बताउनुभयो । पूर्वाधार विकास कम्पनीले नेपाल सरकारसँंग २०२२ सम्म समय थप गरे तापनि अब उक्त कम्पनीले केही काम गर्न नसक्ने स्पष्ट भएकाले सम्झौता खारेजीका लागि केन्द्र सरकारसंँग प्रदेश सरकारले अनुरोध गरेको छ ।

हालसम्म कम्पनीले कामको डोबसम्म नलगाएको बताउँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो, “अब उसले केही गर्न सक्छ भन्ने आश छैन, खरबौंँ रकम व्यक्तिको कम्पनीमा जमानी राखेर सरकारले काम गराउन सक्दैन तर हामीलाई उक्त मार्ग जसरी पनि बनाउनु छ, त्यसैले यसको जिम्मा प्रदेश सरकार आफैँले लिन्छ ।”
सर्वसाधारणले सुरुङमार्ग निर्माणका लागि लाखौंँ रुपैयाँ कम्पनीलाई बुझाएकाले अब जनताले उक्त रकम खोई भनी खोज्ने बेला आएको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ भाद्र सोमबार  ५ : ३८ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित