२०८२, १२ चैत्र शुक्रबार

एक किशोरको अन्त्येष्टि, एक अचेत, अर्का गम्भीर !

एक किशोरको अन्त्येष्टि, एक अचेत, अर्का गम्भीर !


काठमाडौं, भदौ ११: निर्मला पन्तको बलात्कार र हत्यापछि न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु भएका भीमदत्त नगरपालिका–१८ सालघारीका १४ वर्षीय सन्नी खुनाको राष्ट्रिय सम्मानका साथ आइतबार महाकाली नदीमा अन्त्येष्टि गरिएको छ । सन्नी खुना र उमेश खुना ठूलोबुबा सानोबुबाका छोरा हुन् । उनीहरू सँगै काम गर्ने, खाने, सुत्ने र घुम्ने गर्दथे ।

उनीहरू दुवै दाजुभाइलाई सुजित बंगाली ठेकेदारले मार्बल लगाउने काम लगाएका थिए । झन्डै डेढ महिनाअघि कञ्चनपुरका विभिन्न स्थानमा मार्बल लगाउने काम गरेबापत सन्नीले पाँच र उमेशले तीन हजार रुपैयाँ लिनुपर्ने थियो ।शुक्रबारको गोलीकाण्ड सम्झँदै सन्नीका दाजु उमेश भन्छन् –हामी दाजुभाइ मात्र होइन साथीजस्ता थियौँ । सँगै मजदुरी गथ्र्यौँ । करिब डेढ महिनाअघि सुजित बंगाली ठेकेदारमार्फत हामीले जिल्लाका विभिन्न ठाउँमा मार्बल ओछ्याउने काम गरेका थियौँ । सन्नीको पाँच हजार र मेरो तीन हजार लिन बाँकी थियो । १० गते रक्षाबन्धन थियो ।

त्यसको तयारीका लागि हामी ८ गते ठेकेदारसँग बाँकी पैसा माग्न गएका थियौँ । बिहान पानी परेकाले दिउँसो खाना खाएर दाजुभाइ घरबाट निस्कियौँ । ठेकेदार नभेटिएपछि बजार घुम्दै थियौँ ।माथि चम्मनचोकदेखि आन्दोलनकारी ट्राफिक चोकतिर गए । हामी पनि त्यतै लाग्यौँ । मैले साइकल र मोबाइल सन्नीको हातमा दिएको थिएँ ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

सन्नी र म सँगै आन्दोलन हेर्दै थियौँ । ट्राफिक चोकमा ढुंगामुढा भइरहेको थियो । पछि सन्नी भिडमा हरायो । एकैछिनमा ट्राफिक कार्यालयको छतबाट प्रहरीले गोली चलायो । म भागेर पुनः ठेकेदार बस्ने ठाउँमा पुगेँ । सन्नी पनि भाग्यो होला भन्ने सोचेँ । एकैछिनमा गोली लागेर एकजनाको मृत्यु भएको सुनेँ । मैले सन्नीलाई फोन गरेँ, तर उठेन । एकैछिनमा फोन अफ भयो । त्यहीबीचमा मैले एकजना दाजुको मोबाइलमा भाइको फोटो देखेँ । त्यसमा उनको त गोली लागेर मृत्यु भयो भन्ने लेखिएको थियो । म रुँदै घरतिर लागेँ ।

प्रकाशित मिति : २०७५, ११ भाद्र सोमबार  ८ : १२ बजे

‘धेरै आशा बोकेर बिदा हुँदैछु’ : प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । सुशीला कार्की ले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले आज राष्ट्रका नाममा सम्बोधन

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज

खाडी क्षेत्रमा अमेरिकी सैन्य परिचालन तीव्र, इरानको कडा चेतावनी

काठमाडौं । इरानसँग बढ्दो तनावबीच अमेरिकाले खाडी क्षेत्रमा सैन्य उपस्थिति

अमेरिका र इरान बीचको युद्ध रोक्न १५ बुँदे प्रस्ताव, इरानले अध्ययन गर्दै

काठमाडौं । अमेरिकाले इरानसँग जारी युद्धको अन्त्यका लागि १५ बुँदे