२०८२, २८ पुस सोमबार

नाराहिटी दरवारभित्र सिमा बिवाद !

नाराहिटी दरवारभित्र सिमा बिवाद !


काठमाडौं, भदौ ११: नारायणहिटी दरबार संग्रहालयको गुरुयोजना समितिले संग्रहालय परिसरमा बस्दै आएको नेपाली सेना र संग्रहालयको सिमाना तोक्न आग्रह गरेको छ । ७ सय ५४ रोपनी क्षेत्रफल ओगटेको संग्रहालय परिसरको अधिकांस भाग नेपाली सेनाले ओगटेकाले गुरुयोजना निर्माण गर्न बनेको समितिले सरकारलाई सिमाना तोकिदिन आग्रह गरेको छ ।

नारायणहिटी संग्रहालय संचालन व्यवस्थापन र दिगो विकासका लागि तयार गरिएको अवधारणापत्रमा मुख्य विषय सिमाना नै भएको उल्लेख गरिएको छ । संग्रहालयले ३ सय १८ रोपनी क्षेत्रफल मात्रै ओगटेको छ ।

समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा नारायणहिटी परिसरमा रहेको राहदानी विभागलाई संग्रहालयको मातहतमा ल्याएर सो भवनमा ७७ जिल्ला कै संस्कृति झल्कने गरी संग्रहालय निर्माण गर्न सुझाव दिएको छ । ८० कोठा रहेको सो भवनको कोठा तत्कालिन राजा ज्ञानेन्द्रको विभिन्न कार्यालय रहेका थिए ।, आजकोनेपाल समाचारपत्रमा यो खबर छ ।
-नेपाल समाचारपत्र

प्रकाशित मिति : २०७५, ११ भाद्र सोमबार  ६ : ४८ बजे

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र

वाचा धेरै, उपलब्धि कम, बालेन साहको तीन वर्षे कार्यकाल असफल : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका

यी हुन् एमाले, कांग्रेस र नेकपाको बन्दसूचीबाट नाम फिर्ता लिने उम्मेदवार

काठमाडौं । प्रमुख राजनीतिक दलका समानुपातिकतर्फका बन्दसूची उम्मेदवारमध्ये सबैभन्दा बढी

ललितपुरमा बोरा भित्र शव : औंठी लुट्न ८३ वर्षीय वृद्धको निर्मम हत्या

काठमाडौं । ललितपुरमा तीन तोलाको सुनको औंठी लुट्ने उद्देश्यले ८३