२०८२, १४ मंसिर आईतबार

रौतहटको लालबकैया नदीमा रातभरी रुवावासी, डुंगा पल्टिदा २५ अझै बेपत्ता, १५ जना उद्धार

रौतहटको लालबकैया नदीमा रातभरी रुवावासी, डुंगा पल्टिदा २५ अझै बेपत्ता, १५ जना उद्धार


रौतहट। रौतहटको लालबकैया नदीमा डुंगा डुब्दा हराइरहेका मध्ये १५ जना सम्पर्कमा आएका छन् । हराएका मध्ये १५ जनाको उद्धार गरिएको छ भने अन्य बाँकि हराइरहेका छन् । उद्धारकार्य जारी छ ।

औरहियाबाट गौरतर्फ आउँदै गरेको डुंगा पुल र्निर्माणका लागि बनाइएको पिल्लरमा ठोक्किएर दुर्घटना भएको हो । घटनास्थलमा खटिएका प्रहरी एसपी केदार ढकालका अनुसार डुंगामा सवार यात्रुहरु भारतीय क्षेत्रतिर रहेको खेत बारीमा काम गर्न गएका र फर्कने क्रममा दुर्घटना भएको हो । डु‌ंगा चालक सम्पर्कमा आएको र चालकले यकीन यात्रु संख्या बताउन नसकेको तर अन्दाजी ३५ देखि ४० जनासम्म हुनसक्ने बताएको एसपी ढकालले बताए ।

यस आधारमा अझै २५ जना हराईरहेको जनाइएको छ । उनले भने ‘डु‌ंगा चालकले डु‌ंगामा ३५ देखि ४० जना रहेको बताएको छ र हामीले यतिखेरसम्म १५ जनाको उद्धार गरिसकेका छौं’, एसपी ढकालले बताए , ‘मैले भारतको सितामढीको प्रहरीस‌ँग समन्वय गरिसकेको छु, उनले पनि पारीपट्टी सुरक्षाकर्मीको टोलीलार्इृ उद्धारका लागि परिचालन गरिसकेका छन । सीमाक्षेत्रमा घटना भएकाले दुवैतर्फका सुरक्षाकर्मीको समन्वयमा उद्धारकार्य जारी छ । प्रहरीका अनुसार डुंगा नै फुटेको छ ।

प्रकाशित मिति : २०७५, १० भाद्र आईतबार  ६ : ५४ बजे

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको आधिकारिक लोगो आज

कांग्रेस संस्थापन पक्ष पुस अन्तिम साता महाधिवेशन कार्यतालिका ल्याउने तयारीमा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस महिनाको अन्तिम साता

राष्ट्रनिर्माणमा दृढ नेतृत्वको प्रतीक केपी ओली

नेपालको राजनीतिक इतिहास विगत केही दशकमा अस्थिरता र चुनौतीपूर्ण परिस्थितिले

राष्ट्रनिर्माणमा दृढ नेतृत्वको प्रतीक केपी ओली

नेपालको राजनीतिक इतिहास विगत केही दशकमा अस्थिरता र चुनौतीपूर्ण परिस्थितिले

प्रधानमन्त्री कार्की र रास्वपा नेताबीच बालुवाटारमा छलफल

काठमाडौं । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनको