२०८३, १८ भाद्र शुक्रबार

पाकिस्तानी क्रिकेट प्रमुखद्वारा राजीनामा

पाकिस्तानी क्रिकेट प्रमुखद्वारा राजीनामा


कराची, ८ भदौ ९ पाकिस्तानका क्रिकेट प्रमुख नजाम सेथीले राजीनामा दिनुभएको छ ।  पुर्व क्रिकेटर समेत रहनुभएका इमरान खान नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएपछि क्रिकेट प्रमुख सेथीले राजीनामा दिनुभएको हो ।

पुर्वप्रधानमन्त्री नवाज शरीफको पक्षमा सन् २०१३ मा भएको निर्वाचनमा धाँधली गर्न सहयोग गरेको आरोप खानले सेथीलाई लगाउनु भएको छ । सेथीलाई शरिफले पाकिस्तान क्रिकेट वोर्ड ९पीसीबी०मा नियुक्त गर्नु भएको हो । अध्यक्षका रुपमा उहाँको कार्यकाल सन् २०२० मा सकिने भएपनि उहाँले अहिले नै राजीनामा दिनु भएको बताइएको छ ।
“सहज तरिकाले काम गर्ने वातावरण नभएको र आफ्नो जिम्मेवारी पुरा गर्न गाह्रो हुने देखिएकाले मैले क्रिकेट वोर्डबाट राजीनामा दिने निर्णय गरेको हुँ,” सेथीले ट्वीटर मार्फत् सार्वजनिक गर्नु भएको राजीनामा पत्रमा उल्लेख छ ।
“क्रिकेट वोर्डले आगामी दिनमा क्रिकेट टिमलाई अझ शसक्त बनाउदै राम्रो प्रस्तुतिका लागि वातावरण वनाइदिने छ भन्ने मैले विश्वास लिएको छु,” उहाँले लेख्नुभएको छ ।

प्रधानमन्त्री खानले सेथीको ठाउँमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का पुर्व अध्यक्ष हसन मानीलाई नियुक्त गरिसक्नुभएको छ । उहाँलाई नियुक्त गरेपछि खानले ट्वीटरमा लेख्नु भएको छ, “मानीले आफ्नो काममा मूल्यवान् अनुभव र व्यापक परिवर्तन गराउनुहुने छ ।”
पदत्याग गर्नु भएका सेथी पाकिस्तानको राष्ट्रिय साप्ताहिक द फ्राईडे टाइम्सका सम्पादक समेत हुनुहुन्छ । त्यस पत्रिकामा खानको व्यङग्यात्मक नियमित स्तम्भ पनि छापिने गथ्र्यो ।

सन् २०१६ मा सेथीकै नेतृत्वमा पाकिस्तान सुपर लिग आयोजना गरिएको थियो । त्यसलाई पाकिस्तानमा २० बर्षमाथिको क्रिकेट खेलको विकासमा ठूलो योगदान पु¥याएको प्रतियोगिताका रुपमा लिइन्छ । टि ट्वान्टी टिममा पाकिस्तान अहिले पनि विश्वकै अग्रस्थानमा रहेको छ ।

प्रकाशित मिति : २०७५, ९ भाद्र शनिबार  १० : ०२ बजे

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण

नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल

नुवाकोट । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन