२०८२, ६ भाद्र शनिबार

कञ्चनपुरमा अनिश्चितकालीन कफ्र्यु

कञ्चनपुरमा अनिश्चितकालीन कफ्र्यु


भीमदत्तनगर, ८ भदौ : कञ्चनपुरको भीमदत्तनगरमा जारी आन्दोलनले उग्ररुप लिएपछि शुक्रबार राति ८ बजेदेखि अनिश्चितकालीन कफ्र्यु लगाइएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले कफ्र्यु आदेश जारी गरी अर्को आदेश नभएसम्मका लागि कफ्र्यु लगाएको जानकारी दिनुभयो । शुक्रबार बेलुकी एक्कासि आन्दोलन उग्र हुँदा प्रहरी र आन्दोलनकारीबीच झडपसमेत भएको थियो । यहाँको ट्राफिक चोकमा भएको झडपमा प्रहरीले गोली चलाउँदा भीमदत्तनगरपालिका–१८ का १४ वर्षीय सनी खुनाको मृत्यु भएको छ भने गोली लागेर घाइते भएका पाँच जनालाई महाकाली अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढीतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर स्रोतले जनाएको छ । स्थानीय प्रशासन र सुरक्षा निकायका अधिकारीहरुले मृतकको विषयमा धारणा व्यक्त गर्न मानेका छैनन् ।

शुक्रबार दिउँसोसम्म सामान्य बन्दै गएको भीमदत्तनगर एकाएक अशान्त बनेपछि पुनः प्रशासनले कफ्र्यु लगाएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । आन्दोलनका कारणस्थिति जटिल बनेपछि प्रशासनले बिहीबार पनि बेलुकी ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म कफ्र्यु लगाएको थियो । बालिका निर्मलाको गत साउन १० गते हत्या भएको थियो । उनको शव साउन ११ गते उखुबारीमा भेटिएयता कञ्चनपुरको भीमदत्तनगरमा चरणबद्ध आन्दोलन हँुदै आएको छ । घटनाको छानबिनका लागि गृहमन्त्रालयले गठन गरेको उच्चस्तरीय टोली शुक्रबार बिहान भीमदत्तनगर पुगेको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ८ भाद्र शुक्रबार  ९ : २४ बजे

माइत जाने र दक्षिणा प्राप्त गर्ने विगतको संस्कार अहिले तोडिएको छः रचना खड्का

सिन्धुलीः सिन्धुलीमा भव्य तीज कार्यक्रमको आयोजना गरिएको छ । खड्ग

ट्रम्प सरकारद्वारा ५.५ करोड भिसावाहकको छानबिन सुरु

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिका भित्रेका ५

एमालेले कसैको सदस्यता खोसेको छैनः अध्यक्ष ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले

लिपुलेक सम्झौता विरोधमा नेविसंघको मसाल जुलुस

काठमाडौँ । लिपुलेक हुँदै सीमा व्यापार गर्न भारत र चीनबीच

एनआरएनए केन्द्रीय समिति बैठक आइतबार, विश्व सम्मेलनलगायत विषयमा छलफल

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को १०७औं