२०८३, ३० जेष्ठ आईतबार

सरकार समृद्धिको यात्रामा छ : मन्त्री कार्की

सरकार समृद्धिको यात्रामा छ : मन्त्री कार्की


बनियानी, झापा, ८ भदौ: प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सुखी र समृद्ध मुलुक निर्माणका लागि सरकार अघि बढेको बताउनुभएको छ । झापाको बिर्तामोड नगरपालिकालाई खुला दिसामुक्त नगर घोषणा गर्न आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले समृद्ध नेपाल निर्माणका लागि कार्ययोजना बनाएर सरकार अघि बढेको बताउनुभयो । “मुलुक समृद्धिको यात्रामा छ”, उहाँले भन्नुभयो, “धेरै समस्या आइरहेका छन्, तर यो यात्रा रोकिनेवाला छैन ।”

उहाँले सरकार कछुवा गतिमा नभई चितुवाको गतिमा अघि बढिरहेको बताउनुभयो । “सरकार किस्ताबन्दीमा होइन, तीव्र गतिमा अघि बढिरहेको छ”, उहाँले भन्नुभयो, “विकासको गतिमा गुणात्मक फड्को मार्नुपर्छ ।” सरकारले जनताको ढाड सेक्ने गरी कर लियो भनेर भ्रम सिर्जना गरिएको मन्त्री कार्कीले बताउनुभयो । “टमाटरमा कर, डोकोमा कर के–के भनेर भ्रम सिर्जना गरिएको छ”, उहाँले भन्नुभयो, “त्यस्तो केही होइन, हामी जनताका सेवक हौँ, शासक होइन ।” उहाँले गल्तीवश कुनै स्थानीय सरकारबाट गल्ती भएको भए त्यसलाई सच्याइने बताउनुभयो । व्यापारिक केन्द्रका रुपमा विकास हुँँदै गएको बिर्तामोड नगरपालिकामा आधारभूत समस्या समाधानमा समस्या देखिएको बताउँदै उहाँले भन्नुभयो, “केन्द्रीय सरकारसँग सहकार्य गरेर बिर्तामोडलाई समृद्ध बनाउन सहयोग गर्छु ।”

नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, प्रदेश सांसद एकराज गिरीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । झापाको आठौँ स्थानीय तह र चौथो नगरपालिकाका रुपमा बिर्तामोड खुल्ला दिसामुक्त घोषणा गरिएको हो । १५ स्थानीय तह रहेको झापामा बुद्धशान्ति, कमल, गौरीगञ्ज र बाह्रदशी गाउँपालिका तथा कनकाई, शिवसताक्षी र अर्जुनधारा नगगरपालिका यसअघि नै खुल्ला दिसामुक्त घोषणा भइसकेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, ८ भाद्र शुक्रबार  ६ : ५६ बजे

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको