२०८३, ८ कार्तिक आईतबार

विश्वकर्माद्वारा पुनः रिट निवेदन

विश्वकर्माद्वारा पुनः रिट निवेदन


काठमाडौँ, ८ भदौ : नेत्रविक्रम चन्द निकट नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले सर्वोच्च अदालतमा पुनः बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराउनुभएको छ । विश्वकर्माका तर्फबाट उहाँका भाइ वीरेन्द्रदेवले निवेदन दायर गरेको अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिनुभयो । गैरकानूनी रूपमा पक्राउ गरी थुनामा राखेको भन्दै थुनामुक्त गर्नका लागि गृह मन्त्रालय र नेपाल प्रहरीलाई विपक्षी बनाइएको छ ।

यसअघि दुई पटक निवेदन दर्ता गराउनुभएका विश्वकर्मालाई छाड्ने आदेश दिइएको थियो । अदालतले भदौ १ र ७ गते दुई पटक निवेदनमाथि सुनवाइ गर्दै छाड्न आदेश दिए पनि सरकारले फेरि पक्राउ गरेको थियो । न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले बिहीबार मात्र विश्वकर्मालाई अदालतको रजिष्ट्रारको रोहवरमा छाड्न आदेश दिए पनि अदालतमा ल्याई छाडेको केही समयपछि उहाँलाई प्रहरीले समातेको थियो । विश्वकर्माको आइतबार सुनुवाइका लागि पेशी तोकिएको सहायक प्रवक्ता कालाखेतीले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ८ भाद्र शुक्रबार  ६ : ३५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना