२०८३, २५ श्रावण मंगलबार

विश्वकर्माद्वारा पुनः रिट निवेदन

विश्वकर्माद्वारा पुनः रिट निवेदन


काठमाडौँ, ८ भदौ : नेत्रविक्रम चन्द निकट नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले सर्वोच्च अदालतमा पुनः बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराउनुभएको छ । विश्वकर्माका तर्फबाट उहाँका भाइ वीरेन्द्रदेवले निवेदन दायर गरेको अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिनुभयो । गैरकानूनी रूपमा पक्राउ गरी थुनामा राखेको भन्दै थुनामुक्त गर्नका लागि गृह मन्त्रालय र नेपाल प्रहरीलाई विपक्षी बनाइएको छ ।

यसअघि दुई पटक निवेदन दर्ता गराउनुभएका विश्वकर्मालाई छाड्ने आदेश दिइएको थियो । अदालतले भदौ १ र ७ गते दुई पटक निवेदनमाथि सुनवाइ गर्दै छाड्न आदेश दिए पनि सरकारले फेरि पक्राउ गरेको थियो । न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले बिहीबार मात्र विश्वकर्मालाई अदालतको रजिष्ट्रारको रोहवरमा छाड्न आदेश दिए पनि अदालतमा ल्याई छाडेको केही समयपछि उहाँलाई प्रहरीले समातेको थियो । विश्वकर्माको आइतबार सुनुवाइका लागि पेशी तोकिएको सहायक प्रवक्ता कालाखेतीले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ८ भाद्र शुक्रबार  ६ : ३५ बजे

अब मोबाइलमै हेर्न सकिनेछ ‘बिल जितौं’को हिसाब, माछापुच्छ्रे बैंकले ल्यायो नयाँ सुविधा

काठमाडौं । बिल काट्ने र डिजिटल भुक्तानी गर्ने ग्राहकलाई पुरस्कार

ईभी किन्नेलाई एनएमबी बैंकको अफर, बेस रेटमै थप ०.५ प्रतिशतमा कर्जा

काठमाडौं । विद्युतीय सवारीसाधन (ईभी) खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै

डलर १५२ नाघ्यो, आज कुन विदेशी मुद्राको कति ? यस्तो छ राष्ट्र बैंकको दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको नयाँ

एनएमबि बैंकले तोड्यो आफ्नै रेकर्ड, नाफा ४ अर्ब पार

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा नाफाको

भृकुटीमण्डपमा खुल्यो नयाँ अध्याय : ५५ भन्दा बढी ब्रान्डसहित ‘नाइमा मोबिलिटी एक्सपो’ सुरु

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ अध्याय सुरु भएको छ।