२०८३, ७ भाद्र सोमबार

नेपाल कोरियासँग पराजित

नेपाल कोरियासँग पराजित


काठमाडौँ, ८ भदौ : इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूदअन्तर्गत भलिबलतर्फ आज भएको दोस्रो खेलमा नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको छ ।

समूह ‘डी’ मा रहेको नेपाल आज सम्पन्न दोस्रो खेलमा दक्षिण कोरियासँग २५–१६, २५–१३ र २५–१४ मा पराजित भएको जकार्तामा रहनुभएका भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिनुभयो । दुवै खेलमा पराजित नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपाल यसअघि बुधबार भएको पहिलो खेलमा चाइनिज ताइपेइसँग पराजित भएको थियो ।

एशियाली खेलकूदको पुरुष भलिबलतर्फ २० राष्ट्र सहभागी छन् । नेपालले ३२ वर्षपछि एशियाली खेलकूदमा भलिबलमा सहभागिता जनाएको हो । नेपालको भलिबल टोलीले पछिल्लो पटक सन् १९८४मा दक्षिण कोरियाको सिओलमा आयोजित एशियाली खेलकूदमा भाग लिएको थियो । भलिबल नेपालको राष्ट्रिय खेलसमेत हो ।
-रासस

प्रकाशित मिति : २०७५, ८ भाद्र शुक्रबार  ६ : १९ बजे

अमेरिकी-इरान युद्ध’ को सिधा असर नेपाली भान्सामा: पेट्रोल-डिजेलको मूल्य अझै आकासिने, महँगीको नयाँ संकट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीच चर्किएको भूराजनीतिक

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

पाल्पा । पाल्पामा एक १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

कांग्रेसमा देउवा समूहसँग संस्थापनको टक्कर चर्कियो : ‘अदालतको ढोका ढकढक्याएर पार्टी कमजोर नपार्नू’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र पूर्वसभापति

नाडा शो अघि नै काठमाडौंमा ‘अभतार ०७’ को तहल्का

काठमाडौं । नाडा अटो शो को पर्दा खुल्न अझै केही