२०८३, २५ श्रावण मंगलबार

छिनालिएको हात सफल शल्यक्रियाबाट जोडियो

छिनालिएको हात सफल शल्यक्रियाबाट जोडियो


सुर्खेत, ८ भदौ : मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा एक बिरामीको छिनालिएको हात उपचारपछि जोडिएबाट उनले नयाँ जीवन पाएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत हाडजोर्नी विशेषज्ञ डा.मंगल रावल, डा हरिहर देवकोटा, डा रमेश भट्टराई र सुर्खेत अस्पतालका डा.हरि सापकोटाको टोलीले बिरामी रमेश थारुको छिनालिएको दायाँ हात शल्यक्रिया गरेर जोड्नु भएको हो । बारदिया गाउँपालिका–४ बर्दिया गुरुवागाउँ घर भई सुर्खेतमा मिस्त्रीको कामगर्दै आएका २४ वर्षीय थारुको हात शल्यक्रियागरी जोडिएको डा.रावलले जानकारी दिनुभयो ।

थारुको साउन ३१ गते सुर्खेत एयरपोर्टस्थित घरको काम गर्ने क्रममा छतबाट खसेको टिनको पाताले दायाँ हात छिनालिएको थियो । हात छिनालिँदा घटनास्थलमै उनको चार लिटर बढी रगत बगेको र तत्काल माया नर्सिङहोममा प्राथमिक उपचारगरी क्षेत्रीय अस्पतालमा ल्याइएको उहाँले बताउनुभयो । “छिनालिएको हात जोडिनु पश्चिम नेपालको यो ठूलो सफल शल्यक्रिया हो ।” डा रावलले भन्नुभयो, यस्तो खाले जटिल शल्यक्रियामा कमै मान्छेको मात्र जीवन बचाउन सकिन्छ । छिनालिएको हातबाट शरीरको अधिकतम् रगत बगिसकेको र सबै रक्तनलीका छिनिएकाले चुनौतीका बीचबाट यो शल्यक्रिया गरिएको उहाँले बताउनुभयो ।

कागजजस्तो सेतो भइसकेका थारुलाई सात पिन्ट रगत दिइएको थियो । डा हरिहर देवकोटाले बिरामी थारुले रगतसहित तुरुन्तै उपचार पाएर मात्र ज्यान जोगिएको बताउनुभयो । बिरामी थारुले गइसकेको जीवन फर्काउने चिकित्सकलाई भगवान्का उपमा दिनुभयो । मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा डम्बर खड्काले नेपालको पहिलो फिस्टुला अस्पतालका रुपमा परिचित यस अस्पतालको चिकित्सक टोलीले सफलता हासिल गरेको जनाउनुभयो । इच्छाशक्ति र टोलीको साझा प्रयासले नसोचेको कुरा पनि हुँदो रहेछ । उहाँले भन्नुभयो, अब कर्णालीका जनताले धेरै ठूलो खर्च गरेर निजी अस्पताल धाउनु पर्दैन ।
-रासस

प्रकाशित मिति : २०७५, ८ भाद्र शुक्रबार  ६ : ०० बजे

अब मोबाइलमै हेर्न सकिनेछ ‘बिल जितौं’को हिसाब, माछापुच्छ्रे बैंकले ल्यायो नयाँ सुविधा

काठमाडौं । बिल काट्ने र डिजिटल भुक्तानी गर्ने ग्राहकलाई पुरस्कार

ईभी किन्नेलाई एनएमबी बैंकको अफर, बेस रेटमै थप ०.५ प्रतिशतमा कर्जा

काठमाडौं । विद्युतीय सवारीसाधन (ईभी) खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै

डलर १५२ नाघ्यो, आज कुन विदेशी मुद्राको कति ? यस्तो छ राष्ट्र बैंकको दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको नयाँ

एनएमबि बैंकले तोड्यो आफ्नै रेकर्ड, नाफा ४ अर्ब पार

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा नाफाको

भृकुटीमण्डपमा खुल्यो नयाँ अध्याय : ५५ भन्दा बढी ब्रान्डसहित ‘नाइमा मोबिलिटी एक्सपो’ सुरु

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ अध्याय सुरु भएको छ।