२०८२, १२ चैत्र शुक्रबार

व्यस्त सडक, दिउँसै पिच: काठमाडौं रंग्याउन सरकारलाई चटारो !

व्यस्त सडक, दिउँसै पिच: काठमाडौं रंग्याउन सरकारलाई चटारो !


काठमाडौं, भदौ ८ :बौद्ध–जोरपाटी सडकले यस वर्ष निकै चर्चा पायो । बर्खा लागेसँगै आहाल बनेको सडकका बेहाल तस्बिरले सामाजिक सञ्जालका भित्ता मात्रै रंगिएनन्, राष्ट्रिय सञ्चारमाध्यममा हेडलाइन समाचार बन्यो । चार वर्षदेखि हिउँदमा धुलो र बर्खामा हिलोको मार खेपेका स्थानीयले विभिन्न प्रतीकात्मक विरोध गरे । तैपनि जनताको पीडाले सरकारलाई घोचेन ।

तर, केही दिनयता सरकारलाई छटपटी भयो । रातदिन गरेर भए पनि बौद्ध–जोरपाटी सडक टिलिक्क पार्नैपर्ने भयो । चार वर्षदेखि सुस्त सरकार एकाएक जाग्यो । दुई हप्तामै सडक पिच गरिदिने अवस्थामा पुग्यो । हिले स्थानीय जनता सरकारको काम देखेर चकित छन् । ‘बौद्ध–जोरपाटी सडक पिच सक्न १२ भदौसम्म लाग्दैन,’ दुई साताअघि मात्र उक्त सडक १२ भदौभित्र निर्माण सक्न निर्देशन दिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ भन्छन्, ‘भोलि नै गएर हेर्नुस्, त्यो सडकमा धुलो र हिलो पाउनुहुन्न ।’

हो, सरकार अहिले काठमाडौं रंग्याउन व्यस्त छ । बौद्ध–जोरपाटी सडक मात्रै होइन, आजकाल काठमाडौंका मुख्य सडकमा खाल्डा देखिनु हुन्न, सडक विभागले टाल्न निर्देशन दिइहाल्छ । काममा पहिलेजस्तो ढिलासुस्ती पनि हुन्न, दिउँसै गाडी जाम गराएर भए नि पिच भइहाल्छ । कारण हो, बिमस्टेक शिखर सम्मेलन । १४ र १५ भदौमा हुने बिमस्टेकमा भाग लिन सदस्यराष्ट्रका प्रतिनिधि १२ भदौबाटै काठमाडौं आउन थाल्नेछन् । त्यसैले काठमाडौं रंग्याउन सरकारलाई चटारो छ ।
-नयाँ पत्रिका

प्रकाशित मिति : २०७५, ८ भाद्र शुक्रबार  ७ : ५२ बजे

‘धेरै आशा बोकेर बिदा हुँदैछु’ : प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । सुशीला कार्की ले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले आज राष्ट्रका नाममा सम्बोधन

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज

खाडी क्षेत्रमा अमेरिकी सैन्य परिचालन तीव्र, इरानको कडा चेतावनी

काठमाडौं । इरानसँग बढ्दो तनावबीच अमेरिकाले खाडी क्षेत्रमा सैन्य उपस्थिति

अमेरिका र इरान बीचको युद्ध रोक्न १५ बुँदे प्रस्ताव, इरानले अध्ययन गर्दै

काठमाडौं । अमेरिकाले इरानसँग जारी युद्धको अन्त्यका लागि १५ बुँदे