२०८२, ८ बैशाख सोमबार

निर्मला हत्या प्रकरणः प्रहरीले नक्कली प्रमाण जुटाउन थालेपछि स्थानीय आक्रोशित

निर्मला हत्या प्रकरणः प्रहरीले नक्कली प्रमाण जुटाउन थालेपछि स्थानीय आक्रोशित


कञ्चनपुर, भदौ ८ :भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको गत १० साउनमा बलात्कारपछि हत्या गरेर शव उखुबारीमा फालिएको थियो । न्यायका लागि चौतर्फी दबाब हुँदा पनि सार्थक अनुसन्धान गर्न नसकेको प्रहरीले घटनाको २५औँ दिनमा गत सोमबार निर्मलाका बाबुआमालाई जिल्ला प्रहरी कार्यालय बोलाएको थियो । दोषीका रूपमा प्रहरीले एकजना उभ्याएको थियो र उनीविरुद्ध किटानीजाहेरी दिन अभिभावकलाई दबाब दियो । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

आफूले नचिनेको र घटनामा उनी संलग्न छन् कि छैनन् भन्ने जानकारीविना केका आधारमा किटानी जाहेरी दिने भन्ने अभिभावकको प्रश्न थियो । तर, प्रहरीले दिलीपसिंह विष्ट नाम गरेको ती युवा नै अपराधी भएको ठोकुवा गर्दै लिखित जाहेरी दिन बाबुआमालाई दबाब दियो । ‘ल ठीक छ त्यो मान्छे को हो रु मलाई एकपटक भेट्न दिनुहोस्, म उसका कुरा सुन्छु र उसले अपराध स्वीकार ग(यो भने किटानी जाहेरी दिन्छु, बाँकी कारबाही तपाईं गर्नुहोला भनेर मैले बिन्ती पनि गरेँ, तर प्रहरी सरहरूले मान्नुभएन ।

किटानी जाहेरी दिनूस् भनेर एकोहोरो जिद्दी गर्नुभयो,’ निर्मलाका बुबा एकराज पन्तको भनाइ छ । आफूले चिन्दै नचिनेको मान्छेको नाममा किटानी जाहेरी दिन नमानेपछि अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले आफूलाई मानसिक यातना दिएको उनको गुनासो छ ।

प्रहरीले विष्ट दोषी हुन् भन्ने लेख्न लगाएर अनुसन्धानको जिम्मेवारीबाट पन्छिन खोजेको भन्दै स्थानीयले आन्दोलन सुरु गरेका छन् जसले कञ्चनपुर तनावग्रस्त छ । प्रहरीको अनुसन्धानमा स्थानीयलाई किन विश्वास छैन भने आरोपी विष्ट मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन् । बाटोमा निर्मलाको साइकल बिग्रिएको र बनाइदिने भन्दै दिलीपले उखुबारीमा लगेर बलात्कार गरेको प्रहरीको दाबी छ ।

तर, मानसिक सन्तुलन बिग्रिएका युवाले भन्दैमा निर्मला पछिपछि गइन् होला भन्नेमा स्थानीयलाई विश्वास छैन । त्यस्तै, आफैँ पनि शारीरिक रूपमा जीर्ण देखिने दिलीपले निर्मलालाई एक्लै उखुबारीमा लगेर बलात्कार गर्न सके भन्ने दाबी पनि भरपर्दो मानिएको छैन । तीन सातापछि प्रहरीले घटनास्थलबाट एउटा कन्डम र एउटा खल्तीको टुक्रा बरामद गरेको दाबी गरेको छ । बलात्कार र हत्या गर्ने कुनै पनि पुरुष कन्डम बोकेर हिँड्छ भन्नेमा पनि शंका छ ।

त्यस्तै, अहिले भेटेको खल्तीको टुक्रामा कहीँकतै धुलो नलागेकाले प्रहरीले भर्खरै आफैँ फालेर नक्कली प्रमाणका रूपमा प्रस्तुत गर्न खोजेको स्थानीयको दाबी छ । तर, अहिले आएर अनेक प्रमाण जुटाउन खोज्ने प्रहरीले घटनाको दिन भने पर्याप्त संवेदनशीलता नदेखाएकोमा पनि स्थानीय आक्रोशित छन् । बालिका हराएकै दिन अभिभावक प्रहरी चौकीमा गएका थिए, तर प्रहरीले भोलि खोजौँला भनेर रिपोर्ट पनि लिन मानेन ।

भोलिपल्ट स्थानीयले निर्मलाको साइकल भेटे, वरपर खोज्दा निर्मलाको शव फेला प(यो । तर, नगरपालिकाका मेयर पनि उपस्थित हुनुपर्ने माग भएपछि प्रहरीले शव नै छाडेर हिँडेको थियो । स्थानीय अगुवाले सिडिओलाई सीधै फोन गरेपछि मात्र फर्किएको प्रहरीले शव लिएर गएको थियो ।

प्रकाशित मिति : २०७५, ८ भाद्र शुक्रबार  ६ : ४६ बजे

इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगीहरूमा

धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का जात्रा (फोटो फिचर)

काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का

बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो : कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले बिआरआई चीनबाट अगाडि

नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र

आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज