२०८३, २१ भाद्र सोमबार

कोरियाका लागि पुन रोजगारीको अवसर, सिबिटी परीक्षा भोलिदेखि

कोरियाका लागि पुन रोजगारीको अवसर, सिबिटी परीक्षा भोलिदेखि


काठमाडौँ, ७ भदौ: नेपालीलाई पुनः रोजगारीको अवसर प्रदान गर्न दोस्रो चरणको कम्प्युटरमा आधारित भाषा विशेष परीक्षा (सिबिटी) शुक्रबारदेखि शुरु हुँदैछ। परीक्षाको सम्पूर्ण तयारी सम्पन्न भएको वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए।

दोस्रो चरणको भाषा परीक्षामा करीब तीन हजार २०० परीक्षार्थी सहभागी हुने उनले जानकारी दिए। कम्प्युटरबाट परीक्षा लिइने भएकाले उक्त परीक्षा करीब एक महिनासम्म चल्नेछ। दक्षिण कोरिया सरकारले इपिएसअन्तर्गत काम गरी वैधानिक तवरले फर्केका व्यक्तिका लागि पुनः कोरियामा काम गर्ने अवसर प्रदान गर्न सिविटी परीक्षा सञ्चालन गर्दै आएको छ।

कम्प्युटरमा आधारित विशेष भाषा परीक्षा पास गरेपछि पुनः चार वर्ष १० महिना कोरियामा काम गर्न जाने अवसर प्राप्त हुने शाखाले जनाएको छ। यसैबीच, सन् २०१८ भाषा परीक्षा उतीर्ण भई स्वास्थ्य परीक्षण सम्पन्न गराएका उम्मेदवारले शुक्रबारदेखि रोजगार आवदेन फारम भर्ने कार्य शुरु हुने शाखाले जनाएको छ। सात हजार ९९८ जनाले सन् २०१८ को भाषा परीक्षा उतीर्ण गरेका थिए। दिनको एक हजारको दरले एक सातासम्म रोजगार आवेदन फारम भर्ने व्यवस्था मिलाइएको छ।

प्रकाशित मिति : २०७५, ७ भाद्र बिहीबार  ९ : ४८ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको