२०८२, १२ चैत्र शुक्रबार

कन्चनपुरमा गोली चल्यो, ८ प्रदर्शनकारी घाइते, एक गम्भीर उपचारका लागि भारत रिफर

कन्चनपुरमा गोली चल्यो, ८ प्रदर्शनकारी घाइते, एक गम्भीर उपचारका लागि भारत रिफर


कन्चनपुर, भदौ ७ । कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्याराको छानबिनमा असन्तुष्टि जनाउँदै स्थानीयले गरेको प्रदर्शनमा बिहीबार प्रहरीले गोली चलाएको छ । प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले गोली चलाएको जनाइएको छ ।

गोली लागेका तीनसहित ८ जना प्रदर्शनकारी घाइते भएका छन् ।गोली लागेर घाइते हुनेमा कन्चनपुरको कैलाली गाउँपालिकाका सन्तोषकुमार कठरिया, भीमदत्त नगरपालिकाका तेजराज भट्ट र महेन्द्रनगर बजारका अर्जुन भण्डारी रहेका छन् ।जसमध्ये अर्जुन भण्डारीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि भारत ‘रिफर’ गरिएको छ । अरु घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

बिहीबार बिहानैदेखि सदरमुकाम महेन्द्रनगर तनावग्रस्त बनेको हो । स्थिति नियन्त्रणमा लिनका लागि १०० जनाभन्दा बढी प्रहरी कैलालीबाट कन्चनपुर आएका छन् । बलात्कारपछि हत्या भएको र प्रशासनले वास्तविक हत्यारालाई उम्काउन खोजेको दाबीसहित स्थानीयवासीले आन्दोलन गर्दै आएका छन् । प्रदर्शन उग्र बनेपछि मंगलबार र बुधबार पनि प्रहरीले बल प्रयोग गरेको थियो । प्रदर्शनकारीले बल प्रयोगको आदेश दिने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवाको माग गरेका छन् । आन्दोलनमा उत्रिएका व्यवसायी, विद्यार्थी तथा स्थानीय बासिन्दाले महेन्द्रनरमा व्यापार व्यवसाय, विद्यालय र राजमार्ग पनि बन्द गराएका छन् ।

प्रकाशित मिति : २०७५, ७ भाद्र बिहीबार  ५ : ०७ बजे

‘धेरै आशा बोकेर बिदा हुँदैछु’ : प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । सुशीला कार्की ले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले आज राष्ट्रका नाममा सम्बोधन

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज

खाडी क्षेत्रमा अमेरिकी सैन्य परिचालन तीव्र, इरानको कडा चेतावनी

काठमाडौं । इरानसँग बढ्दो तनावबीच अमेरिकाले खाडी क्षेत्रमा सैन्य उपस्थिति

अमेरिका र इरान बीचको युद्ध रोक्न १५ बुँदे प्रस्ताव, इरानले अध्ययन गर्दै

काठमाडौं । अमेरिकाले इरानसँग जारी युद्धको अन्त्यका लागि १५ बुँदे