२०८२, १५ मंसिर सोमबार

कन्चनपुरमा गोली चल्यो, ८ प्रदर्शनकारी घाइते, एक गम्भीर उपचारका लागि भारत रिफर

कन्चनपुरमा गोली चल्यो, ८ प्रदर्शनकारी घाइते, एक गम्भीर उपचारका लागि भारत रिफर


कन्चनपुर, भदौ ७ । कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्याराको छानबिनमा असन्तुष्टि जनाउँदै स्थानीयले गरेको प्रदर्शनमा बिहीबार प्रहरीले गोली चलाएको छ । प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले गोली चलाएको जनाइएको छ ।

गोली लागेका तीनसहित ८ जना प्रदर्शनकारी घाइते भएका छन् ।गोली लागेर घाइते हुनेमा कन्चनपुरको कैलाली गाउँपालिकाका सन्तोषकुमार कठरिया, भीमदत्त नगरपालिकाका तेजराज भट्ट र महेन्द्रनगर बजारका अर्जुन भण्डारी रहेका छन् ।जसमध्ये अर्जुन भण्डारीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि भारत ‘रिफर’ गरिएको छ । अरु घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

बिहीबार बिहानैदेखि सदरमुकाम महेन्द्रनगर तनावग्रस्त बनेको हो । स्थिति नियन्त्रणमा लिनका लागि १०० जनाभन्दा बढी प्रहरी कैलालीबाट कन्चनपुर आएका छन् । बलात्कारपछि हत्या भएको र प्रशासनले वास्तविक हत्यारालाई उम्काउन खोजेको दाबीसहित स्थानीयवासीले आन्दोलन गर्दै आएका छन् । प्रदर्शन उग्र बनेपछि मंगलबार र बुधबार पनि प्रहरीले बल प्रयोग गरेको थियो । प्रदर्शनकारीले बल प्रयोगको आदेश दिने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवाको माग गरेका छन् । आन्दोलनमा उत्रिएका व्यवसायी, विद्यार्थी तथा स्थानीय बासिन्दाले महेन्द्रनरमा व्यापार व्यवसाय, विद्यालय र राजमार्ग पनि बन्द गराएका छन् ।

प्रकाशित मिति : २०७५, ७ भाद्र बिहीबार  ५ : ०७ बजे

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको आधिकारिक लोगो आज

कांग्रेस संस्थापन पक्ष पुस अन्तिम साता महाधिवेशन कार्यतालिका ल्याउने तयारीमा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस महिनाको अन्तिम साता

राष्ट्रनिर्माणमा दृढ नेतृत्वको प्रतीक केपी ओली

नेपालको राजनीतिक इतिहास विगत केही दशकमा अस्थिरता र चुनौतीपूर्ण परिस्थितिले

राष्ट्रनिर्माणमा दृढ नेतृत्वको प्रतीक केपी ओली

नेपालको राजनीतिक इतिहास विगत केही दशकमा अस्थिरता र चुनौतीपूर्ण परिस्थितिले

प्रधानमन्त्री कार्की र रास्वपा नेताबीच बालुवाटारमा छलफल

काठमाडौं । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनको