२०८२, २० कार्तिक बुधबार

बिमस्टेक सम्मेलनः बुलेटप्रुफ र जामर भाडामा ल्याउन २ करोड

बिमस्टेक सम्मेलनः बुलेटप्रुफ र जामर भाडामा ल्याउन २ करोड


काठमाडौं, भदौ ७: बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिस्टेक) को चौथो सम्मेलनमा प्रयोग हुने बुलेट प्रुफ सवारी साधन भाडामा ल्याउन अर्थ मन्त्रालयले २ करोड रुपैयाँ निकासा दिएको समाचार आजको कारोबारको पृष्ठ ३ मा छापिएको छ । समाचारमा लेखिएको छ, सम्मेलनमा भाग लिन आउने भारतसहित ६ मुलुकका सरकार तथा राष्ट्र प्रमुखले प्रयोग गर्ने बुलेटप्रुफ सवारी र नेटवर्क ह्याक गर्ने जामर जडित सवारी भाडामा ल्याउन अर्थले गृह मन्त्रालयका नाममा २ करोड निकासा गरेको हो ।

भदौ १४ र १५ गते काठमाडौंमा हुने सम्मेलनमा भाग लिन सदस्य राष्ट्रहरु भारत, बंगलादेश, श्रीलंका, म्यानमार, भुटान र थाइल्याण्डका सरकार तथा राष्ट्र प्रमुख भदौ १३ गते काठमाडौं आउँदैछन् । नेपाल प्रहरीसँग दुई वटा जामर र ४ वटा बुलेटप्रुफ गाडी छन् । त्यस्तै राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सशस्त्र प्रहरी र नेपाली सेनासँग पनि केही बुलेप्रुफ सवारीसाधन छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चढ्ने कार भारतबाटै ल्याइने छ ।

प्रकाशित मिति : २०७५, ७ भाद्र बिहीबार  ६ : ३० बजे

रामकुमारी झाँक्री भन्छिन्: ‘भयानक यात्रा समाप्त, अहिले पजको अवस्थामा छौं’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो

नेपाल-भारत बैठकमा प्रसारण लाइन विस्तार र ऊर्जा आदान-प्रदानमा सहमति

काठमाडौं । नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७औं बैठकमा दुई

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग

हेटौँडा । झन्डै दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग

किसान श्रेष्ठ : “मूल घर फर्किंदैछौं, हाँसेर बोलिदिए पुग्छ”

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफूहरू **नि:शर्त

नेकपा एस-माओवादी केन्द्र एकता घोषणा आज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच आज