२०८२, १४ मंसिर आईतबार

समयमा ऋण नतिर्ने बढे

समयमा ऋण नतिर्ने बढे


काठमाडौं, भदौ ७: बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर ६ हजारभन्दा बढीले समयमा चुक्ता नगरेको समाचार आजको कान्तिपुरले अर्थ वाणिज्य पृष्ठमा छापेको छ । कर्जा सूचना केन्द्रका अनुसार कान्तिपुरले लेखेको समाचारमा भनिएको छ, कालोसूचीमा रहेक ऋणीको संख्या ६ हजार २ सय ४१ पुगेको छ ।

समाचारमा लेखिएकोछ, तोकिएको मितिमा ऋण भुक्तानी नगर्ने ऋणीलाई बैंक तथा वित्तिय संस्थाले कालोसूचीमा राख्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । तर, तीन महिनासम्म भाखा नागेको कर्जालाई असल कर्जा नै मानिन्छ ।

तीनदेखि ६ महिनासम्म भाखा नागेको कर्जालाई कमसल, ६ महिनादेखि एक बर्षसम्म भाखा नाघेकोलाई शंकास्पद र एक बर्षभन्दा बढी भाखा नाघेको कर्जालाई खराब कर्जाका रुपमा वर्गाीकरण गरी तोकिएअनुसार बैंक तथा वित्तीय संस्थाले रकम व्यवस्था (प्रोभिजन) गर्नुपर्छ । यही वर्गीकरणका आधारमा एक बर्षभन्दा बढी भाखा नागेको कर्जाका ऋणीलाई कालोसूचीमा रहेको भनिएको हो ।

प्रकाशित मिति : २०७५, ७ भाद्र बिहीबार  ६ : १० बजे

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको आधिकारिक लोगो आज

कांग्रेस संस्थापन पक्ष पुस अन्तिम साता महाधिवेशन कार्यतालिका ल्याउने तयारीमा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस महिनाको अन्तिम साता

राष्ट्रनिर्माणमा दृढ नेतृत्वको प्रतीक केपी ओली

नेपालको राजनीतिक इतिहास विगत केही दशकमा अस्थिरता र चुनौतीपूर्ण परिस्थितिले

राष्ट्रनिर्माणमा दृढ नेतृत्वको प्रतीक केपी ओली

नेपालको राजनीतिक इतिहास विगत केही दशकमा अस्थिरता र चुनौतीपूर्ण परिस्थितिले

प्रधानमन्त्री कार्की र रास्वपा नेताबीच बालुवाटारमा छलफल

काठमाडौं । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनको