२०८३, १५ आश्विन शुक्रबार

समयमा ऋण नतिर्ने बढे

समयमा ऋण नतिर्ने बढे


काठमाडौं, भदौ ७: बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर ६ हजारभन्दा बढीले समयमा चुक्ता नगरेको समाचार आजको कान्तिपुरले अर्थ वाणिज्य पृष्ठमा छापेको छ । कर्जा सूचना केन्द्रका अनुसार कान्तिपुरले लेखेको समाचारमा भनिएको छ, कालोसूचीमा रहेक ऋणीको संख्या ६ हजार २ सय ४१ पुगेको छ ।

समाचारमा लेखिएकोछ, तोकिएको मितिमा ऋण भुक्तानी नगर्ने ऋणीलाई बैंक तथा वित्तिय संस्थाले कालोसूचीमा राख्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । तर, तीन महिनासम्म भाखा नागेको कर्जालाई असल कर्जा नै मानिन्छ ।

तीनदेखि ६ महिनासम्म भाखा नागेको कर्जालाई कमसल, ६ महिनादेखि एक बर्षसम्म भाखा नाघेकोलाई शंकास्पद र एक बर्षभन्दा बढी भाखा नाघेको कर्जालाई खराब कर्जाका रुपमा वर्गाीकरण गरी तोकिएअनुसार बैंक तथा वित्तीय संस्थाले रकम व्यवस्था (प्रोभिजन) गर्नुपर्छ । यही वर्गीकरणका आधारमा एक बर्षभन्दा बढी भाखा नागेको कर्जाका ऋणीलाई कालोसूचीमा रहेको भनिएको हो ।

प्रकाशित मिति : २०७५, ७ भाद्र बिहीबार  ६ : १० बजे

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ३५ सय प्रहरी, ड्रोन र स्निफर डग परिचालन

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं प्रहरीले

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ

काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र