२०८३, ३० जेष्ठ आईतबार

विकासको नयाँ युगको शुरुआतः प्रधानमन्त्री ओली

विकासको नयाँ युगको शुरुआतः प्रधानमन्त्री ओली


दमक, ६ भदौ: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पुरानो युगको अन्त्य भई विकासको नयाँ युगको शुरुआत भएको बताउनुभएको छ । आज झापा गौरादहमा आयोजित नागरिक अभिनन्दन समारोहमा उहाँले भन्नुभयो, “पछौटेपनको युग अब अन्त्य भई विकासको नयाँ युगको शुभारम्भ भइसकेको छ । ”

प्रधानमन्त्री ओलीले जनताले अब केही वर्षभित्रै विकासको नयाँ अनूभुति प्राप्त गर्ने बताउँदै सरकारले अघि सारेको समृद्ध नेपालको परिकल्पनालाई साकार पार्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत भएको धारणा व्यक्त गर्नुभयो । “सरकारको एक मात्र लक्ष्य विकास र समृद्धि हो”, उहाँले भन्नुभयो, “यस महान् अभियानमा सबै राजनीतिक दल र जनताको सकारात्मक सहभागिताको आवश्यकता छ ।”

प्रधानमन्त्री ओलीले आफू राजनीतिक जोगी भएको चर्चा गर्दै “ अबको आफ्नो सबै समय देश र जनताका लागि लगानी गर्ने लक्ष्य लिएको छु भन्नुभयो ।” आफ्नो कार्यकालमै पूर्व पश्चिम र उत्तरदक्षिण रेल गुडाउने प्रतिवद्धता व्यक्त गर्दै उहाँले यसले छिट्टै आकार ग्रहण गर्ने पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले शान्तिपूर्णरुपमा विरोध गर्न कसैलाई नरोक्ने तर अधिकारको प्रयोग गर्दा अरूको अधिकार हनन गर्न नहुनेतर्फ दलहरुको ध्यान जानुपर्ने धारणा व्यक्त गर्नुभयो । कृषिमा आत्मनिर्भर बनाउन सरकारले थुप्रै योजना तथा कार्यक्रम सञ्चालनमा ल्याएको बताउँदै उहाँले सहकारीको माध्यमबाट कृषिलाई आधुनिकीकरण गरेर देशको विकास गर्न सकिन्छ भन्नुभयो ।

समारोहमा समृद्ध नेपालको परिकल्पनालाई सार्थक पु¥याउन सफलता मिलोस् भनी प्रधानमन्त्री ओलीलाई गौरादह नगरपालिकाले नगरवासीका तर्फबाट नागरिक अभिनन्दन गरिएको थियो । गौरादह निवासी तथा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलाई समेत समारोहमा अभिनन्दन गरिएको थियो । समारोहमा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, मन्त्रीहरु, प्रदेशसभा सदस्यलगायत सहभागिता थियो ।

प्रकाशित मिति : २०७५, ६ भाद्र बुधबार  ९ : ०७ बजे

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको